arrow

पेरुलाई पराजित गर्दै फ्रान्स दोस्रो चरणमा प्रवेश

logo
प्रकाशित २०७५ असार ७ बिहिबार
France_Peru.jpg

काठमाडौं। सन् १९९८को विश्वकप बिजेता फ्रान्स रसियामा जारि विश्वकपको 'राउण्ड अफ सिक्सटिन' (दोस्रो चरण) प्रवेश गरेको छ। 

पेरु बिरुद्धको खेलमा १-०को बिजय हासिल गर्दै ६अंकका साथ फ्रान्स दोस्रो चरणमा प्रवेश गर्ने पक्का भएको हो। उक्त समुहमा डेनमार्क ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ भने अष्ट्रेलियाको १ अंक रहेको छ। पेरु अंकबिहिन रहेको छ। 

फ्रान्सका कायलिन एमबाप्पेले ३४औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। एमबाप्पे फ्रान्सकालागि १९ बर्षमा गोल गर्ने पहिलो खेलाडी बनेका हुन्। निर्धारित ९० मिनेटमा दुवै टोलीबाट थप गोल हुननसक्दा उक्त १ गोल नै फ्रान्सकालागि ३ अंक प्राप्त गर्न पर्याप्त भएको थियो। 

दोस्रो हाफमा पेरुले फ्रान्स बिरुद्ध आक्रमक फुटबल खेलेको भएपनि गोल भने गर्न सकेन। फ्रान्सले पनि केहि राम्रा आक्रमणहरु गरेको थियो तर गोलमा भने परिणत हुन सकेन। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ