arrow

मेस्सीको जादु नचल्दा अर्जेन्टिनाको लज्जास्पद पराजय

logo
प्रकाशित २०७५ असार ८ शुक्रबार
Argentina_Croatia.jpg

काठमाडौं। क्रोएसियाले लियोनल मेस्सीको टोली अर्जेन्टिनालाई ३-० गोलले पराजित गर्दै दोस्रो चरणको स्थान पक्का गरेको छ। 

क्रोएसियाले अर्जेन्टिनाको तुलनामा धेरै राम्रो खेलको प्रदर्शन गरेको थियो। सबै क्षेत्रमा क्रोएसिया अब्बल देखिएको थियो। अर्जेन्टिनाका स्टार मेस्सी, अग्वेरोलाई आक्रमण गर्नबाट रोक्नुका साथै आफुले राम्रा आक्रमणहरु गरेको थियो। 

खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेका दुई टोलीमा क्रोएसियाको प्रदर्शन राम्रो देखिएको थियो। दोस्रो हाफमा अर्जेन्टिनाका गोलकिपरको गल्तीको फाईदा उठाउँदै आन्ट रेबिचले गोल गर्दै क्रोएसीयालाई १-०को अग्रता दिलाएका थिए। 

त्यसैगरि खेलको ८०औं मिनेटमा क्रोएसियाका लुका मोडरिचले करिब डि-एरिया बाहिर बाट दर्शनीय गोल गर्दै स्कोर २-० बनाएका थिए। त्यसैगरि ९१औं मिनेटमा ईभान राकिटिचले गोल गर्दै ३-०को जित दिलाएका थिए।

क्रोएसियाले खेलमा पुरै प्रभुत्व जमाएको थियो। पहिलो हाफको अन्तिम २१ मिनेट अर्जेन्टिनाका स्टार खेलाडी सर्जियो अग्वेरोले बल छुन पाएका थिएनन्। त्यसैगरि स्टार खेलाडी लियोनल मेस्सीले पनि आफ्नो नाम अनुसारको कुनै प्रभाव देखाउन सकेनन्।  

यो खेल सँगै ५ पटक भिडेका अर्जेन्टिना र क्रोएसियामा दुवैले २-२ जित र १ बराबरको नतिजा निकालेका छन्। 

समुह 'डि'को खेलमा आईसल्याण्ड र नाईजेरियाको खेलको नतिजाले अर्जेन्टिना दोस्रो चरणमा जान सजिलो वा गाह्रो हुने निर्णय गर्नेछ। आईसल्याण्डले १ खेलमा १ अंक जोडेको छ भने अर्जेन्टिनाको २ खेलमा १ अंक रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ