arrow

विश्वकपमा ठीकठाक फ्रान्स, अर्को चरणमा डेनमार्क कि अष्ट्रेलिया

logo
प्रकाशित २०७५ असार ८ शुक्रबार
france-final.jpg

काठमाडौं । रुस पुग्नुअघि फ्रान्स विश्वकप फुटबलका लागि तयार छ त भन्ने प्रश्न खड्किएको थियो । त्यसको जवाफ फ्रान्सले अहिले दिएको छ ।

फ्रान्स राउन्ड अफ सिक्सटिनमा पुगेको छ । त्यो पनि लगातार दुई जितसहित । फुटबलमा कस्तो खेल्यो भन्नुभन्दा पनि गोल गरेर खेल जितेपछि पुग्यो । 

युवाहरुले भरिएको फ्रान्स विश्वकपका लागि तयार छैन भनी अन्तर्राष्ट्रिय मिडियाहरुले आलोचना पनि गरेका थिए । 

फ्रान्सले त्यसको जवाफ खेलमार्फत दिएको छ । फ्रान्सले पहिलो खेलमा अष्ट्रेलियालाई २–१ ले हरायो । दोस्रो खेलमा बिहिबार राति पेरुलाई १–० ले हरायो । 

दुवै खेल फ्रान्सले उत्कृष्ट खेलेर जितेको भने हैन । निकै संघर्षले जितेको हो । महत्वपूर्ण ६ अंकसहित फ्रान्स एक खेल खेल्नुअघि नै राउण्ड अफ सिक्सटिनमा पुगेको हो । 

पेरुविरुद्धको खेल निरस थियो । ३४ औं मिनेटमा काइलियान एमबाप्पेले गोल गर्नुपूर्व दुवै टिमका खेलाडीले १–१ पहेंलो कार्ड पाएका थिए । त्यसपछि फेरि १–१ वटा पहेंलो कार्ड पाए । 

फ्रान्सले जम्मा चार वटा प्रहार गोलका लागि गर्यो । त्यस्तै पेरुले जम्मा दुई वटा प्रहार । फ्रान्सले महत्वपूर्ण ३ अंक त ल्यायो तर उसको बल नियन्त्रण प्रतिशत केवल ४४ प्रतिशत मात्र थियो । 

फ्रान्सले ११ फाउल गर्दा पेरुले १५ फाउल खेलेको थियो । खेलमा दुवै टिमको जित्ने उत्तिकै अवसर थियो । तर बाजी मार्यो फ्रान्सले । 

फ्रान्सले उत्कृष्ट खेल्न बिर्से पनि यस्तो लाग्दैछ कि नकआउट चरणमा पुगेपछि आफ्नो १०० प्रतिशत खेल खेल्नेछ । पेरुको भने विजोग भएको छ । पेरु लगातार दुई हारसहित विश्वकपबाट बाहिरिएको छ । 

समूह सी बाट ६ अंकसहित फ्रान्स अर्को चरणमा पुग्दा ४ अंकको डेनमार्क र १ अंकको अष्ट्रेलियामध्ये एक टिम अर्को चरणमा जानेछ । 

समूहको अन्तिम खेलमा फ्रान्सले डेनमार्कसंग र अष्ट्रेलियाले पेरुसंग खेल्न बाँकी छ । दुवै खेल जुन २६ तारिखमा खेल्नेछन् । 
Kylian Mbappe scored the decisive goal to send France to the top of Group C as he converted easily from close range

The Paris Saint-Germain star pulled off his trademark arms crossed celebration and was joined swiftly by Antoine Griezmann

Mbappe struggled to assert his influence in France's tournament opener against Australia but was effective against Peru

Defeat for the South American side means they are out of the tournament after defeats to France and Denmark

Edinson Flores was perplexed after he was shown a yellow card by referee Mohammed Mohammed Abdulla for a foul he never made

But with the help of the Video Assistant Referee, Abdulla was able to fix his mistake on grounds of mistaken identity for the booking

 

The second game of Group C took place at the uniquely constructed Ekaterinburg Arena where fans flooded the outer standDeschamps gave little away in his facial expressions in Ekaterinburg and knows his side will face far sterner tests later on

France made two changes from the opening win over Australia with Olivier Giroud and Blaise Matuidi brought in to start



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ