arrow

यत्तिको दबाबमा न त अर्जेन्टिना थियो न त मेस्सी नै, म्याराडोनाले समेत राखे टाउकोमा हात  

मेस्सीलाई चिनिन न जित्नुपर्छ न गोल नै

logo
प्रकाशित २०७५ असार ८ शुक्रबार
messi17.jpg

काठमाडौं । रुस विश्वकपमा अर्जेन्टिना सबैभन्दा बढी दबाबमा देखिएको छ । पहिलो खेलमा नवप्रवेशी आइसल्याण्डसंग १–१ को बराबरी खेलेपछि दबाबमा आएको अर्जेन्टिना बिहिबार राति क्रोएसियासंग खेल्दा त झनै बढी अताल्लियो । 

आइसल्याण्ड विरुद्ध विश्वकै चर्चित खेलाडी लियोनल मेस्सीले १० प्रहार खेर फालेका थिए त्यसमा पेनाल्टी पनि समावेश थियो । 

क्रोएसियाविरुद्ध अर्जेन्टिना सुरुआतमै अताल्लियो । पाँचै मिनेटमा कर्नर हानेको थियो क्रोएसियाले । चौथो मिनेटमै गोलका लागि राम्रो प्रहार गरेको थियो । 

अर्जेन्टिनाले १२ औं मिनेटमा डी बक्समा बल पुर्यायो । तर मेस्सीले बल छोएको मात्र भए पनि गोल हुने थियो । सकेनन् । मेस्सीको अनुहार मलिन हुँदै थियो ।

अर्जेन्टिनाका गोलकिपर त्यति सिल्ली होलान् भनेर कसले सोच्नु ? ५३ औैं मिनेटमा सट पास दिए प्रतिपक्षी खेलाडीलाई नै । गोल पोष्ट खाली । त्यो भन्दा ठूलो उपहार के हुन सक्छ ? एन्टे रेबिकले फर्काएमात्र गोल भयो । 

त्यसपछि पनि अर्जेन्टिनाले कुनै प्रयास गरेन । ८० औं मिनेटमा लुका मोड्रिक र इन्जुरी समयमा इभाँ रोकिटिकले गोल गरे । 

अर्जेन्टिनाले ३–० ले खेल हार्ने अनुमान त क्रोएसियाका कुनै पनि समर्थकले गरेका थिएनन् होला । अर्जेन्टिनाले गोलका लागि तीन वटामात्र प्रहार गर्यो । जबकि क्रोएुिसयाले आधादर्जन । 

५९ प्रतिशत बल नियन्त्रणमा लिएर पनि अर्जेन्टिनाले गोल गर्न सकेन । सन् १९८६ मा विश्वकप दिलाएका अर्जेन्टिनाका लिजेन्ड डिएगो म्याराडोना पनि निकै दुःखी देखिए । उनले पटक पटक टाउकोमा हात राखे । 

अर्जेन्टिना गोलका लागि भन्दा पनि फाउलका लागि चिनियो १५ फाउल खेल्यो । तीन वटा पहेंलो कार्ड खायो । क्रोएसियाले पनि फेयर प्ले खेल्न सकेन । क्रोएसियाले २२ फाउल खेल्दा ३ वटा पहेंलो कार्ड खायो । 

समूह डी बाट उपाधि दावेदारकै रुपमा रुस पुगेको अर्जेन्टिनाको यो हालत होला भनेर कसले सोच्नु । 

२ खेलबाट ६ अंकसहित क्रोएसिया राउन्ड अफ सिक्सटिनमा पुगेको छ । २ खेलबाट अर्जेन्टिनाको १ अंकमात्र छ । आइसल्याण्डको पनि १ खेलबाट १ अंक छ । नाइजेरियाको १ खेलबाट अंक छैन । 

कसरी पुग्न सक्छ अर्जेन्टिना राउन्ड अफ सिक्सटिनमा ?

अब भगवान भरोसे । अबको खेलमा शुक्रबार आइसल्याण्ड र नाइजेरियाले बराबरी खेल्दा राम्रो । अनि त्यसपछिको खेलमा क्रोएसियालाई आइसल्याण्डलाई हराउने अनि अर्जेन्टिनाले नाइजेरियालाई हराउने । 

यति धेरै फेभर भएमा मात्र अर्जेन्टिना राउन्ड अफ सिक्सटिनमा पुग्नेछ । होइन भने पहिलो चरणबाटै पूर्व विजेता घर फर्किनु पर्नेछ । 

कप्तान लियोनल मेस्सी जसरी मेस्सी भएर चिनिएका छन् सम्भवतः उनलाई अब थप चिनिन विश्वकपमा गोल गर्नुपर्ने देखिँदैन । तर दुर्भाग्य उनले अब कप्तानीबाट त राजीनामा दिने नै छन् नैतिकताका आधारमा अर्जेन्टिनी राष्ट्रिय टिममा बस्ने उनलाई अधिकार हुने छैन । 

Ivan Rakitic confirmed the three points for Croatia with a simple tap-in from only six yards out as Argentina tired late on

Luka Modric lets fly after getting the better of Nicolas Otamendi to double Croatia's lead against Argentina on the night

Modric's effort bends inside the post and nestles into the back of the net despite the best efforts of Willy Caballero

Caballero watches in vain as Rebic's volley soars over his head and into the roof of the net to put Croatia ahead

Caballero holds his head in his hands after gifting Croatia the opening goal and the initiative in Thursday night's game

Diego Simeone looks on in disbelief as Argentina crash to their heaviest group stage defeat in 60 years at the World Cup

Argentina talisman Messi is tracked by three Croatian runners as he tries to take the ball upfield early in the game

 

Argentina and Chelsea goalkeeper Willy Caballero was able to get a hand to the shot and push it behind for a corner kickArgentine captain Lionel Messi stretches to try and get a boot to the ball as it bounces loose in the penalty area

Croatia's Sime Vrsaljko attempts to block a shot from Argentina's Maximiliano Meza during the first half in Nizhny Novgorod

Croatian midfielder Ivan Rakitic squirms in agony after he was on the receiving end of a foul from Enzo Perez

Argentina players remonstrate with the referee after he blew his whistle for a foul against them during the first period

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ