arrow

विश्वकप फुटबलमा शुक्रबार तीन भिडन्त, के होला ब्राजिलको

logo
प्रकाशित २०७५ असार ८ शुक्रबार
russia-2018.png

काठमाडौं । विश्वकप फुटबलमा शुक्रबार तीन खेल हुँदैछन् । पहिलो खेलमा साँझ ५ः४५ बजे ब्राजिलले कोस्टारिकासंग खेल्दैछ । ब्राजिललाई विश्वकपको अर्को चरणमा पुग्न यो खेल निकै महत्वपूर्ण रहेको छ । 

पहिलो चरणको खेलमा समुह ई को खेलमा ब्राजिलले स्वीट्जरल्याण्डसंग २–२ गोलको बराबरी खेलेको थियो । 

त्यसैगरी कोस्टारिकाले पहिलो खेलमा सर्बियासंग १–० को पराजय बेहोरेको थियो । शुक्रबारै राति ११ः४५ बजे सर्बियाले स्वीट्जरल्याण्डसंग खेल्नेछ । 

ब्राजिलको १ अंक मात्र छ भने स्वीट्जरल्याण्डको पनि समान अंक छ । सर्बियाले ३ अंक बटुल्दा कोस्टारिका अंकविहिन छ । 

शुक्रबारको दोस्रो खेलमा समुह डी बाट राति ८ः४५ बजे नाइजेरिया र आइसल्याण्ड खेल्नेछन् । यो समुहबाट ६ अंकसहित क्रोएसिया राउण्ड अफ सिक्सटिनमा पुगिसकेको छ भने आइसल्याण्ड र अर्जेन्टिनाको १–१ अंक छ । नाइजेरिया अंकविहिन छ । 

पहिलो पटक विश्वकप खेलिरहेको आइसल्याण्डले अर्जेन्टिनासंग अंक बाँडेको थियो । निकै उत्साह भरिएको आइसल्याण्डले नाइजेरियामाथि फराकिलो जित पायो भने राउन्ड अफ सिक्सटिनमा पुग्न कसैले रोक्ने छैन । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ