arrow

अप्रत्यासित नतिजा भोगेको रुस विश्वकपः ब्राजिल र कोस्टारिकाको तुलना होला त !

logo
प्रकाशित २०७५ असार ८ शुक्रबार
brazil_vs_costarica.jpg

काठमाडौं । शुक्रबार विश्वकपको समुह डी अन्तर्गत ब्राजिल र कोस्टारिकाको बीचमा प्रतिस्पर्धा हुँदैन । शुक्रबार साँझ पौने ६ बजेबाट उनीहरुको बीचमा सुरु हुनेछ । पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरी खेलेपछि दबाबमा रहेको ब्राजिल छैटौं उपाधिको खोजीमा रहेको टोली हो । अघिल्लो विश्वकप घरमै आयोजना गरेर पनि उपाधिमा कब्जा राख्न नसकेको यो मुलुक राम्रो तयारीका साथ रुस पुगेको छ । 


यद्यपि पहिलो खेलमा बराबरी खेलेपछि ब्राजिल दबाबमा रहेको हो । सन् २०१४ को सेमिफाइनलमा जर्मनीसँग बेहोरेको ७–१ को हारपछि सन् २०१५ मा भएको कोपा अमेरिकामा पनि ब्राजिल नकआउट चरणबाट बाहिरिएको थियो । जसको कारण ब्राजिलको आलोचना हुँदै आएको अवस्थामा विश्वकप छनोटमा भने ब्राजिलले सबैलाई राम्रो जवाफ दिएको थियो । उसले छनोटका १८ खेलमा १२ खेल जितेको थियो भने केवल एक खेल हारेको थियो ।


ब्राजिलको लागि गोल गर्नमा कुनै समस्या छैन जसको कारण आजको खेलमा स्विट्जरल्याण्डलाई ब्राजिललाई रोक्नु एक चुनौती हुनेछ । नेयमार ग्राबियल जेसस, विलियम, रोबर्टो फर्मिनो र काउटिन्होजस्ता खेलाडीहरुलाई ब्राजिलको टोलीलाई थप उर्जा प्रदान गर्नेछन् । रक्षा पंक्तिमा पनि ब्राजिललाई मात दिनु त्यति सजिलो छैन ।


कोस्टारिकाले पनि रुस विश्वकपको आफ्नो पहिलो खेलमा सर्वियासँग हार बेहोरिसकेको छ । सन् २०१४ को विश्वकपमा अप्रत्याशित खेल देखाएको टोलीले यस विश्वकपको सुरुवात भने राम्रो गर्न नसकेको हो । अघिल्लो विश्वकपमा कोष्टारिका क्वाटरफाइनलसम्म पुगेको थियो । 


कोष्टारिकाले क्वाटरफाइनलसम्मको यात्रा तय गर्नेमा विश्वस्त हुने आधार थिएनन् । तर इटाली, इङल्यान्ड र उरुग्वे रहेको समुहमा रहेको कोष्टारिकाले बाजी मार्यो र क्वाटरफाइनलमा पुग्यो । कोष्टारिका त समुह बिजेता नै बनेर प्रिक्वाटरफाइनल पुगेको थियो । पछिल्लो विश्वकपमा रहेका १२ खेलाडी यसपटक पनि छन् । त्यो अनुभवले कोष्टारिकालाई साथ दिन सक्छ । 


प्रशिक्षक ओस्कार रामिरेजले परिपक्व खेलाडीहरुको टोली बनाएका छन् । यो टोलीका केलोर नाभास निकै महत्वपूर्ण खेलाडी हुन् ।  स्पेनिस क्लव रियाल मड्रिडको टोलीबाट पछिल्ला वर्षहरुमा सबैखाले सम्भव उपाधि जितिसकेका नाभासले कोष्टारिकालाई मजबुद बनाउने छन् । उनले सर्बियाको प्रहारलाई निस्तेज पार्नेछन् । उनी विश्वकै उत्कृष्ट गोलकिपरको लिष्टमा पर्छन् । 


ब्रायन रुइज, जोइल क्याम्पवेल जस्ता खेलाडीको साथले कोस्टारिकालाई पनि बलियो बनाएको छ । यद्यपि एक खेल हारिसकेको टोलीका लागि माथिल्लो चरणमा पुग्ने आशा कायम राख्न शुक्रबारको खेलमा कम्तीमा बराबरीको नतिजा हासिल गर्नुपर्ने हुन्छ । 

 हेड टु हेड 

यी दुई टोलीहरुको बीचमा शुक्रबार ११ औं भेट हुन लागेको हो । यसअघिका १० भेटमा ब्राजिल हाबी भएको देखिन्छ । ब्राजिलले यसअघिका नौ खेलमा जितको नतिजा हासिल गर्दा कोस्टारिकाले केवल एक खेलमात्र जितेको छ । सन् २००४ पछि भने यी दुई टोलीहरुको बीचमा केवल दुई पटक भेट भएकोछ । सन् २०११ र २०१५ मा भएका दुई मैत्रीपूर्ण खेलमा ब्राजिल विजयी भएको थियो । 

प्लेयर्स टु वाच 
फिलिप काउटिन्हो (ब्राजिल)

नेयमारको उपस्थिति तथा प्रदर्शनको विषयलाई लिएर प्रश्नचिन्ह खडा भइरहेको अवस्थामा ब्राजिलको लागि फिलिप काउटिन्होको भूमिका निकै महत्वपूर्ण हुन सक्छ । स्वीट्जरल्याण्डविरुद्धको खेलमा पनि काउटिन्होले गोल गरेका थिए । 

जोहान भेनेगस (कोस्टारिका)
बायाँ साइडबाट खेल्ने यी खेलाडीको भूमिका कोस्टारिकाको लागि शुक्रबारको खेलमा निकै महत्वपूर्ण हुनेछ । यी खेलाडीले कोस्टारिकाको लागि विश्वकपमा छनोट चरणमा तीनपटक गोल गरेका थिए । साथै उनको प्रदर्शन पनि निकै राम्रो रहँदै आएको छ ।

Neymar returned to training this week, despite struggling with issues with his right ankle

The PSG star returned in time to feature in the World Cup, though he is still not fully match fit

Neymar struggled in their opening match with Switzerland and was targeted by opposition

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ