arrow

अर्जेन्टिनालाई रोकेको आइसल्याण्डले नाइजेरियालाई के गर्ला त 

logo
प्रकाशित २०७५ असार ८ शुक्रबार
nigeria-iceland.jpg

काठमाडौं । विश्वकप फुटबल अन्तर्गत शुक्रबार समुह डी अन्तर्गत आइसल्याण्ड र नाइजेरियाको बीचमा खेल हुँदैछ । अर्जेन्टिनाको हारले पनि यो खेल निकै रोमाञ्चक बनेको छ । पहिलो खेलमा अर्जेन्टिनासँग बराबरी खेलेको आइसल्याण्ड र क्रोएसियासँग २–० को पराजय सामना गरेको नाइजेरियाको यो खेलको नतिजाले अर्जेन्टिनाको माथिल्लो चरणको सम्भावनालाई पनि प्रभाव पार्नसक्छ । 

यो टोलीले पहिलोपटक विश्वकपमा सहभागिता जनाएको टोली आइसल्याण्डले आफ्नो प्रदर्शन अब्बल रहेको देखाइसकेको छ । यो मुलुक विश्वकपमा पुग्ने सबैभन्दा कम जनसंख्या भएको मुलुक हो । सन् २०१६ मा फ्रान्समा भएको युरो प्रतियोगितामा आइसल्याण्डले चाखलाग्दो प्रदर्शन गरेको थियो । 

सबैभन्दा चुनौतीपूर्ण रहेको समुहमा परेर पनि यो टोलीले रुसउ विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको थियो । जसमा पनि यो टोली समुहको सबैभन्दा माथि रहेको थियो । आइसल्याण्डले पछिल्लो १० खेलमा सात जित हासिल गरेको थियो । 

आइसल्याण्डको विश्वकपमा छनोट भएयताको प्रदर्शन भने राम्रो रहनसकेको छैन । यस वर्षमात्र आइसल्याण्ड मेक्सिको, पेरु र नर्वेसँग पराजित भएको थियो । घानासँग पनि उसले २–२ को बराबरी भएको थियो । 

आइसल्याण्डको लागि माथिल्लो चरणमा प्रवेश गर्नको लागि शुक्रबारको खेलमा नाइजेरियालाई पराजित गर्नु महत्वपूर्ण हुनेछ । अबको उसको क्रोएसिया समुहमा बलियो देखिएको क्रोएसियाविरुद्ध रहेकोमा शुक्रबारको खेलले उसको आगामी भविष्य निर्धारण गर्नेछ । 

नाइजेरियाको टोलीको यो विश्वकपमा उपस्थिति निकै स्वागतयोग्य रहेको बताउँदै आइएको थियो । नाइजेरियाको टोलीमा केही क्षमतावान् खेलाडीहरु रहेका छन् । पछिल्लो १३ विश्वकपको खेलमा यो टोलीले नौ खेलमा हारको सामना गरेको छ भने केवल एक खेलमा मात्र जितको नतिजा हासिल गरेको छ । 

क्रोएसियासँगको खेलमा बेहोरेको हारले भने विश्वकपको खेलमा उसले लगातार विश्वकपको तीन खेल हार्ने कीर्तिमान कायम गरेको छ । क्रोएसियाको खेलमा नाइजेरियाले गरेको प्रदर्शनको आधारमा आइसल्याण्डलाई रोक्नु उसको लागि चुनौती हुनसक्ने देखिन्छ । 

क्रोएसिया विरुद्ध पोस्टमा केवल दुई पटक आक्रमण गरेको थियो । यस किसिमको प्रदर्शनले आइसल्याण्डको बलियो रक्षा पंक्तिलाई रोक्नु निकै कठिन हुनसक्ने देखिन्छ । 

शुक्रबारको खेलमा आइसल्याण्डले नाइजेरियाविरुद्ध जित हासिल गरेको खण्डमा अर्जेन्टिनाले आफ्नो अन्तिम खेलमा ठुलो अन्तरको जित र आइसल्याण्डको हारको कामना गर्नेछ भने आइसल्याण्डले यो खेल हारेको खण्डमा अर्जेन्टिनालाई केही राहत मिल्नसक्छ । 

हेड टु हेड 
यसअघि नाइजेरिया र आइसल्याण्डको बीचमा एकपटक सन् १९८१ मा प्रतिस्पर्धा भएको थियो । त्यतिबेला नाइजेरिया ३–० ले विजयी भएको थियो । त्यसयता उनीहरुको बीचमा कुनै प्रतिस्पर्धा भएको छैन । 

प्लेयर्स टु वाच 
भिक्टर मोसेस (नाइजेरिया)

चेल्सीको टोलीमा पहिलो रोजाइमा पर्ने गरेका यी खेलाडी नाइजेरियाको लागि शुक्रबारको खेलमा महत्वपूर्ण हुन सक्छन् । उनले पहिलो चार खेलमा आफ्नो तर्फबाट तीन गोलको योगदान दिइसकेका छन् । यद्यपि क्रोएसियाविरुस्द्धको खेलमा भने उनले आशा गरिएअनुसारको प्रदर्शन गर्न सकेका थिएनन् । 

अल्फ्रेड फिनकोगासन (आइसल्याण्ड)
सन् २०१६ को युरोकपमा खासै राम्रो प्रदर्शन गर्न नसकेका यी खेलाडीले विश्वकपको पहिलो खेलमा भने आफ्नो क्षमता साबित गरेका छन् । नाइजेरियाविरुद्धको खेलमा पनि उनको भूमिका निकै महत्वपूर्ण बन्न सक्छ । उनले बुन्डेसलिगाको अन्तिमा सिजनमा पनि १२ गोल गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ