arrow

स्विजरल्याण्ड बिजयी हुँदा समुह रोमाञ्चक मोडमा

logo
प्रकाशित २०७५ असार ९ शनिबार
Switzerland_serbia.jpg

काठमाडौं। ब्राजिलले कोस्टारिकालाई हराएपछि स्विजरल्याण्डले सर्बियालाई पनि पराजित गरेको छ। दुई खेल खेलेको ब्राजिल र स्विजरल्याण्ड दुबैको ४-४ अंक रहेको छ। सर्बियाको २ खेलमा ३ अंक रहेको छ। 

स्विजरल्याण्ड बिरुद्धको खेलमा सर्बियाले खेलो ५ मिनेटमा गोल गर्दै उत्साहजनक सुरुवात गरेको थियो। खेलको ५२औं मिनेटमा ग्रानिट साकाले गोल गर्दै बराबरी गरेका थिए। खेलको अन्तिम समयमा सेरदन शाकिरीले ९०औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई जित दिलाएका थिए। 

यसअघी ब्राजिलले कोस्टारिकालाई २-० गोलले पराजित गरेको थियो। समुह चरणको अन्तिम खेलमा ब्राजिलले सर्बियाको सामना गर्ने छ भने स्विजरल्याण्डले कोस्टारिकासँग खेल्ने छ। सर्बियाले ब्राजिललाई जित्नै पर्ने हुन्छ भने ब्राजिललाई दोस्रो चरण पुग्नकालागि १ अंकको आवश्यक्ता रहेको छ। 

यो समुहमा रहेका तीन टोली मध्य कुनै दुई टोली दोस्रो चरणमा जानेछ,  कोस्टारिका दोस्रो चरणको दौडबाट बाहिरि सकेको छ। कोस्टारिकाले स्विजरल्याण्डलाई पराजित गरेमा र सर्बियाले ब्रजिलसँग बराबरी वा पराजित गरेमा समुहको समिकरण पुरै बद्लिने छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ