arrow

नाईजेरियाको बिजयसँगै अर्जेन्टिना उत्साहीत, दोस्रो चरणको संभावना बढ्यो

logo
प्रकाशित २०७५ असार ९ शनिबार
Nigeria_ISL_Musa.jpg

काठमाडौं।  अर्जेन्टिनासँग बराबरीको नतिजा निकालेको आईसल्याण्ड नाईजेरियासँग पराजित भएको छ। अर्जेन्टिनासँग अंक बाँडेको टोलीले नाईजेरिया बिरुद्ध तीन अंक बटुल्ने छ भन्ने धेरैको भविष्यवाणी मिलेन। 

नाईजेरियाका अहमद मुसाले खेलको ४९औं र ७५औं मिनेटमा गोल गर्दै आईसल्याण्ड बिरुद्ध स्पष्ट जित निकालेको हो। आईसल्याण्डले ८३औं मिनेटमा पाएको पेनाल्टी जिल्फी सिगर्दसनले बाहिर प्रहार गरेका थिए। 

महत्वपुर्ण प्रतियोगितामा आईसल्याण्डको समुह चरणमा पहिलो पराजय हो। यसअघि युरोमा २ बराबर र १ जित हासिल गरेको आईसल्याण्डले पहिलो खेलमा अर्जेन्टिनासँग बराबरी गरेको थियो। 

नाईजेरियाले आईसल्याण्डलाई हराएसँगै समुह रोमाञ्चक मोडमा पुगेको छ। समुह 'डी'मा क्रोएसिया २ खेलमा ६ अंक सहित पहिलो स्थानमा हुँदै दोस्रो चरण प्रवेश गरिसकेको छ। त्यसैगरि नाईजेरिया २ खेलमा ३ अंक सहित दोस्रो स्थानमा रहेको छ। 

आईसल्याण्ड र अर्जेन्टिना १-१ अंक सहित क्रमश: तेस्रो र चौथो स्थानमा रहेका छन्। समुहको अन्तिमा खेलमा अर्जेन्टिना र नाईजेरिया भिड्ने छन् भने आईसल्याण्डले क्रोएसियाको सामना गर्ने छ। 

अर्जेन्टिनाले नाईजेरियालाई पराजित गर्दा क्रोएसियाले आईसल्याण्डलाई पराजित वा बराबरी गरेमा अर्जेन्टिना दोस्रो चरणमा पुग्ने छ। अर्जेन्टिनाले आफ्नो खेलमा तीन अंक ल्याउनु पर्नेछ । क्रोएसिया र आईसल्याण्ड बिचको खेलमा बराबर वा आईसल्याण्डको हारको कामना गर्नु बाहेक अर्जेन्टिनासँग अर्को बिकल्प रहेको छैन। 

पहिलो खेलमा आईसल्याण्डसँग बराबर र दोस्रो खेलमा पराजय ब्योहोरेपछि अर्जेन्टिनाको फुटबलको आलोचना भैरहेको छ। म्यानेजर साम्पाओलीको तयारी बारे पनि टिकाटिप्पणी शुरु हुन थालेको छ भने स्टार खेलाडी लियोनल मेस्सी पनि प्रश्नको घेरामा आऐका छन्। 

मेस्सीले एक्लै पुरै टोलीको भार बोक्न नसक्ने टिप्पणीहरु चर्चामा रहेका छन् भने क्लबबाट मात्र राम्रो खेल्ने तर राष्ट्रीय जर्सीमा खेल्न मन नगर्ने जस्ता आरोप पनि मेस्सीलाई लाग्न थालेको छ। 

सबै आलोचना र टिका-टिप्पणीहरुलाई चिर्दै साम्पाओली र मेस्सीको टोलीले नाईजेरियासँ बिजय हुँदै क्रोएसिया-आईसल्याण्डको नतिजामा भर पर्नु पर्ने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ