arrow

विश्वकप : वेल्जियम अघिल्लो चरणमा, आक्रामक ट्यूनीसिया हार्‍यो 

logo
प्रकाशित २०७५ असार ९ शनिबार
Belgium.jpg

काठमाडौं । पश्चिम युरोपको वेल्जियम विश्वकप फुटबलको अघिल्लो चरणमा पुगेको छ । उत्तर अफ्रिकी मुलुक टुनिसियालाई ५–२ ले हराउँदै वेल्जियम अघिल्लो चरणमा पुगेको हो । 

बेल्जियमलाई जिताउन अग्रपंक्तिका खेलाडी रोमेलु लुकाकु र मध्यपंक्तिका ईडन हाजार्डले समान दुई गोल गरे । सुरुवाती अग्रता भने हाजार्डले नै दिलाए ।

उनले ६ मिनेटमै पेनाल्टीमा गोल गरेका हुन् । १६औँ मिनेटमा लुकाकुले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसको दुई मिनेट नवित्दै डेलेन ब्रोनले गोल फर्काए । र, नतिजा २–१ मा ल्याए । 

पहिलो आधाको अन्तिम मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गरे । दोस्रो आधा सुरु भएपछि ५१औँ मिनेटमा हाजार्डले व्यक्तिगत दोस्रो गोल गरे । मिची बाट्शूयीले अन्तिम समयमा गोल गर्दै ५–१ पुर्‍याउँदा लगत्तै ट्यूनिसियाका वाह्बी खजरीले गोल गर्दै हार अन्तर कम गरे । 

समूह जी’मा रहेको बेल्जियम ६ अंकसहित शीर्ष स्थानमा छ । दोस्राे स्थानमा रहेको इंग्ल्याण्डको ३ अंक छ भने, पानामा र ट्यूनिसिया अंकविहिन् छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ