arrow

वेल्जियमका २५ वर्षीय लुकाकु रोनाल्डोलाई टक्कर दिँदै, गोल संख्या बराबर

logo
प्रकाशित २०७५ असार ९ शनिबार
romelu-lukaku-belgium.jpg

काठमाडौं । पश्चिम युरोपीयन मुलुक बेल्जियमका रोमेलु लुकाकुले पोर्चुगलका किश्चियानो रोनाल्डोलाई टक्कर दिएका छन् । 
उनले जारी विश्वकपमा रोनाल्डोसँग बराबरी गोल गरेर टक्कर दिएका हुन् ।

पानामाविरुद्धको पहिलो खेलमा दुई गोल गरेका २५ वर्षीय लुकाकुले ट्युनिसियाविरुद्ध पनि २ गोल गरे । योसँगै उनले रोनाल्डोसँग गोल संख्या बराबरी गरेका छन् ।

म्यान्चेस्टर युनाईटेडबाट व्यवसायिक फुटबल खेलिरहेका उनी वेल्जियमको राष्ट्रिय टोलीबाट अंग्रपंक्तिमै खेलिरहेका छन् । उनले पहिलो खेलमा स्पेनविरुद्ध ह्याट्रिक गरेका रोनाल्डोसँग गोल संख्या बराबरी गरे । रोमाल्डोले विश्वकपको यो संस्करणमा स्पेनविरुद्ध ह्याट्रिक र मोरक्कोविरुद्ध १ गोल थप्दै चार गोल गरेका छन् । यी दुबैलाई रुसका डेनिस चेरिसेव र स्पेनका डिएगो कोस्टाले पछ्याई रहेका छन् । चेरिवेस र कोस्टाको समान ३–३ गोल छ ।

लुकाकुले विश्वकप क्वालिफायरमा ८ खेलमा ११ गोल गरेका थिए । विश्वकपमा २ खेलमा चार गोल गरेका छन् । २०१६ को युरोकपमा ५ खेल खेल्दा उनको खातामा जम्मा २ गोल थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ