arrow

अन्तिम समयको गोलले जर्मनी बिजयी, दोस्रो चरणको ढोका खुल्ला

logo
प्रकाशित २०७५ असार १० आइतबार
Germany_Sweden.jpg

काठमाडौं। पुर्व बिजेता जर्मनीले अन्तिम मिनेटमा गोल गर्दै स्विडेनसँग तीन अंक खोसेको छ। स्विडेनलाई २-१ गोलले हराउँदै जर्मनीले दोस्रो चरणकालागि ढोका खुल्लै राखेको छ। 

स्विडेनका ओला टोफभोनेनले ३२औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा अग्रता लिएको स्विडेनलाई जर्मनीलाई दोस्रो हाफको तेस्रो मिनेटमा गोल गर्दै खेल १-१को बाबरीमा ल्याएको थियो।

 खेलको ९५औं मिनेटमा टोनी क्रुशको फ्रिकिकले सिधै स्विडिस जाली चुम्दा जर्मनी बिजयी भएको हो। जर्मनीका जेरोमी बोएटेन्गले ८२औं मिनेटमा दोस्रो पहेलोपत्र पाउँदै मैदानबाट बाहिरिएका थिए। अन्तिम १५ मिनेट जर्मनी १० खेलाडीमा सिमित भएको थियो। 

समुह 'एफ'को खेलमा मेक्सिको २ केल जित्दै ६ अंकका साथ पहिलो स्थानमा रहेको छ भने स्वेडेन र जर्मनीको २ खेलमा ३-३ अंक रहेको छ। स्वेडेनले मेक्सिकोको समाना गर्न पर्ने छ भने जर्मनीले दक्षिण कोरियासँग खेल्ने छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ