arrow

विश्वकप फुटबलमा आइतबार दोस्रो चरणका अन्तिम खेल हुँदै, यस्तो छ भिडन्त

logo
प्रकाशित २०७५ असार १० आइतबार
russia-2018.jpg

काठमाडौं । रुसमा भइरहेको विश्वकप फुटबलमा आइतबार दोस्रो चरणका अन्तिम तीन खेल हुँदैछन् । पहिलो खेलमा समुह जी को खेलमा इंगल्याण्ड र पानामा साँझ ५ः४५ बजे खेल्दैछन् । 

यो समुहबाट बेल्जियम २ खेलबाट ६ अंकसहित राउन्ड अफ सिक्सटिनमा पुगेको छ । इंगल्याण्डको ३ अंक छ । पानामा र ट्युनिसिया अंकविहिन छन् । 

आइतबारको खेलमा इंगल्याण्ड विजयी भए राउन्ड अफ सिक्सटिनमा पुग्नेछ । हारले तेस्रो चरणको खेलबाटै राउन्ड अफ सिक्सटिनमा पुग्ने अन्तिम टिमको टुंगो लाग्नेछ । 

आइतबार राति समुह एचका दुवै खेल हुँदैछन् । ८ः४५ बजे जापान र सेनेगल तथा ११ः४५ बजे पोल्याण्ड र कोलम्बिया खेल्दैछन् ।

जापान र सेनेगलले पहिलो खेलमा जित हात पार्दा पोल्याण्ड र कोलम्बिया अंकविहिन छन् । 

आइतबार रातिका खेलमा विजयी भए जापान र सेनेगल राउन्ड अफ सिक्सटिनमा पुग्नेछन् । 

यदि नतिजा उल्टो आयो भने तेस्रो चरणको खेलको नतिजाबाटै राउन्ड अफ सिक्सटिनमा पुग्ने दुवै टिमको टुंगो लाग्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ