arrow

पानामालाई सहजै हराएर राउन्ड अफ सिक्सटिनमा पुग्ने इंगल्याण्डको लक्ष्य  

logo
प्रकाशित २०७५ असार १० आइतबार
england-panama.jpg

काठमाडौं । रुस विश्वकप फुटबलमा आइतबार समुह जी अन्तर्गतको खेलमा इंगल्याण्ड र पानामाको बीचमा खेल हुँदैछ । पहिलो खेलमा जित हासिल गरेको इंगल्याण्ड बलियो मनोबलका साथमा साँझ ५ः४५ बजे मैदानमा उत्रिँदा पानामा भने आफ्नो साख बचाउनका लागि संघर्ष गर्दै हुनेछ । 

पहिलो खेलमा इंगल्याण्डले ट्युनिसियालाई २–१ गोल अन्तरले पराजित गरेको थियो भने पानामाले बेल्यिमसँग ३–० को हारको सामना गरेको थियो । यो समुहबाट बेल्जियम माथिल्लो चरणमा प्रवेश गरिसकेको छ भने आइतबारको खेलमा जित हासिल गर्दै माथिल्लो चरणमा प्रवेश गर्ने दाउमा इंगल्याण्ड रहेको छ । 

पानामा यो विश्वकपको लागि सबैभन्दा कमजोर मानिएको टोली हो । यो टोली पहिलो पटक विश्वकपमा छनोट भएको हो । पानामालाई यो स्थानमा ल्याउनका लागि प्रशिक्षक हर्नान गोमेजको ठुलो भूमिका रहेको छ । उनले यसअघि कोलम्बिया र इक्वेडरको टोलीमा पनि प्रशिक्षकको भूमिका निभाएका थिए ।

यो टोली अमेरिकालाई पराजित गर्दै विश्वकपमा छनोट भएको हो । यो टोलीले विश्वकपमा छनोट भएयता आठ मैत्रीपूर्ण खेल खेलेकोमा केवल दुईमा मात्र जित हासिल गरेको छ । यो टोलीका लागि गोल गर्नु निकै ठुलो समस्या रहेको देखिन्छ । पछिल्लो पाँच खेलमा यो टोलीको तर्फबाट केवल एक गोल भएको छ ।

पानामाका रक्षापंक्तिका खेलाडी अल्बर्टो क्विन्टेरो महत्वपूर्ण खेलाडी हुन् । उनको अनुपस्थिति मात्र हुने हो भने यो टोलीले निकै ठुलो हारको सामना गर्नुपर्ने अवस्था आउन सक्छ ।

यसपटकको विश्वकपमा इंगल्याण्ड राम्रो तयारीका साथमा पुगेको छ । जसको कारण कुनै पनि टोलीका लागि यो टिमविरुद्ध खेल्नु एक समस्या बन्नसक्छ । 

उसको लागि आगामी खेल बलियो बेल्जियमविरुद्ध रहेको कारण आइतबारको खेलमा जित हासिल गर्दै सहजै माथिल्लो चरणमा पुग्ने योजना टोलीको रहेको छ । 

इंगल्याण्ड सन् २००२, २००६ को विश्वकपमा क्वार्टर फाइनलमा पुगेको थियो भने २०१० को विश्वकपमा अन्तिम १६ बाट बाहिरिएको थियो । २०१४ मा भने समुहचरणबाटै यो टोली घर फर्कन बाध्य भएको थियो ।

यद्यपि यसपटक भने यो टोली पूर्ण जोस तथा युवा शक्तिको साथमा रुस आइपुगेको छ । साथै यो टोलीले भरपूर तयारी पनि गरिरहेको छ । यसअघिको सिजन सुरु हुनुभन्दा अघि इंगल्याण्डले नाइजेरिया र कोस्टारिकाको विरुद्धमा दुई मैत्रीपूर्ण खेलमा जित हासिल गरेको थियो । 

हेड टु हेड 
आइतबारको भेट दुवै टोलीका लागि एक अर्काको विरुद्धमा अन्तर्राष्ट्रिय पहिलो पटक भेट हुन लागेको हो । यद्यपि पानामासँग इंगल्याण्डका खेलाडीहरुसँग खेलेको अनुभव भने रहेको छ । यसअघि उनीहरुको बीचमा गत महिनामा भएको एक खेलमा बराबरीको नतिजा हासिल भएको थियो । यद्यपि यो अन्तर्राष्ट्रिय खेल भने होइन । 

प्लेयर्स टु वाच 
मार्कस रास्फोर्ड (इंगल्याण्ड) 

आइतबारको खेलमा इंगल्याण्डको टोलीमा मार्कस रास्फोर्डको प्रदर्शन निकै उत्कृष्ट हुनसक्ने देखिन्छ । उनको जादु चलेको खण्डमा कुनै पनि विपक्षीलाई इंगल्याण्ड हराउनु गाह्रो हुनजान्छ । उनले सही महत्वपूर्ण समयमा सही स्थानमा बल पुर्याई टोलीको स्कोर बढाउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन् । 

ग्राबियल गोमेज (पानामा)
बेल्जियमविरुद्धको खेलमा गोमेजले निकै राम्रो प्रयास गरेका थिए । ३४ वर्षीय खेलाडीले बेल्जियमविरुद्ध देखाएको प्रदर्शन कुनै पनि खेलाडीका लागि कठिन विषय हो । उनले यो खेलमा ४६ पासहरु दिएका थिए भने चार राम्रो प्रहार पनि गरेका थिए । आइतबारको खेलमा उनको प्रदर्शनले इंगल्याण्डलाई केही समस्या सिर्जना गर्नसक्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ