arrow

जापान र सेनेगलको खेल, जसले जित्छ पुग्छ राउण्ड अफ सिक्सटिनमा 

logo
प्रकाशित २०७५ असार १० आइतबार
japan-senegal.jpg

काठमाडौं । रुस विश्वकप फुटबलमा आइतबार समुह एचका खेलहरु हुँदैछन् । खेलमा जापान र सेनेगलको बीचमा प्रतिस्पर्धा हुँदैछ । नेपाली समय अनुसार राति पौने ९ बजे उनीहरुको बीचमा प्रतिस्पर्धा हुन गइरहेको हो । आइतबारको यो खेलमा दुवै टोली उच्च मनोबलका साथ मैदानमा उत्रिनेछन् । 

पहिलो खेलमा कोलम्बियालाई हराउँदै कीर्तिमान कायम गरेको जापान र पोल्याण्डलाई हराएर सुखद सुरुवात गरेको टोलीको बीचमा आइतबार प्रतिस्पर्धा हुन गइरहेको हो । 

विश्वकपको पहिलो खेलमा राम्रो प्रदर्शन गरेको भए पनि जापानको यसअघिको प्रदर्शन भने राम्रो रहन सकेको थिएन । एसियामा पनि साउदी अरेबिया, इरानजस्ता मुलुकहरुभन्दा पछाडि रहँदै छनोट भएको यो टोलीले सन् २०१८ मा खेलेको पाँच खेलमा केवल एक खेलमा जित हासिल गरेको थियो भने तीन खेल हारेको थियो । 

तयारीको क्रममा पाराग्वेसँग ४–२ गोल अन्तरको जित हासिल गरेको टोलीले युक्रेन, घाना, स्विट्जरल्याण्डजस्ता मुलुकहरुसँग भने हारको सामना गरेको थियो । यद्यपि पहिलो खेलको सुधारले आइतबारको खेलमा उसलाई सहयोग मिल्नेछ । 

सेनेगलको टोली पनि राम्रो लयमा देखिन्छ । पोल्याण्डलाई हराउनसक्नु यो टोलीको सबैभन्दा महत्वपूर्ण उपलब्धि हो । सेनेगल भने १६ वर्षको अन्तरपछि विश्वकपमा पुगेको टोली हो । पछिल्लो समय यो टोलीले राम्रो प्रदर्शन गर्दै आइरहेको छ । सन् २००२ को विश्वकपमा यो टोली क्वार्टरफाइनलसम्म पुगेको थियो । 

अहिलेसम्म सेनेगलले विश्वकपमा उपस्थिति जनाएको यो पहिलोपटक थियो । सन् २००२ मा सेनेगललाई क्वार्टरफाइनलसम्म पुर्याउने खेलाडी अहिले टोलीका प्रशिक्षक रहेका छन् । 

उनकै प्रशिक्षणको सहयोगमा सेनेगल विश्वकपमा पुगेको हो । सेनेगल अहिले पनि इतिहास दोहोर्याउँदै माथिल्लो चरणको टिकट काट्ने ध्याउन्नमा देखिन्छ । यद्यपि जापानसँगको प्रतिस्पर्धा उसको लागि त्यति सहज भने हुने छैन । आइतबारको यो खेल जित्ने टोली मागिल्लो चरणमा प्रवेश गर्नेछ । 

हेड टु हेड 
जापान र सेनेगलको बीचमा यसअघि एकपटक मात्र दुईपटक भेट भएको छ । उक्त दुई मैत्रीपूर्ण खेलहरुमा सेनेगलले जित हासिल गरेको थियो । सन् २००१ मा भएको भेटमा सेनेगलले २–१ ले विजयी भएको थियो भने २००३ को खेलमा १–० को जित हासिल गरेको थियो । 

प्लेयर्स टु वाच 
सिन्जी कागावा (जापान)
 
जापानको टोलीलाई माथिल्लो चरणमा पु-याउनका लागि जापानको टोलीमा यी खेलाडीको भूमिका निकै महत्वपूर्ण हुनसक्छ । कोलम्बियासँगको खेलमा पनि उनले निकै राम्रो प्रदर्शन गरेका थिए । जापानले आफ्नो दोस्रो खेलमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने अपेक्षा गरिएकोछ । 

इड्रिसा ग्युये (सेनेगल)
सेनेगलको लागि स्याडियो माने प्रमुख खेलाडी हुन् तर उनको लागि आइतबारको खेलमा इभर्टनका मिडफिल्डरको भूमिका महत्वपूर्ण बन्नसक्छ । 

यद्यपि पहिलो खेलमा पँहेलो कार्ड खाइसकेका यी खेलाडीले आइतबारको खेलमा सजग हुनु जरुरी हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ