arrow

इङ्गल्याण्डका ह्यारी केनले रोनाल्डोलाई उछिने, ‘गोल्डेन बुटको दाबी’  

logo
प्रकाशित २०७५ असार १० आइतबार
kene.jpg

काठमाडौं । इङ्गल्याण्डको अंग्रपंक्तिका खेलाडी ह्यारी केनले पनि पोर्चुगलका अंग्रपंक्तिका खेलाडी क्रिश्चियानो रोनाल्डोलाई उछिनेका छन् । 

विश्वकपको जारी संस्करण समूह चरणकै खेलमा उनले ह्याट्रिक गरेका छन् भने रोनाल्डोलाई एक गोलले उछिनेका छन् ।  जारी विश्वकपमा यो दोस्रो ह्याट्रिक हो । ट्यूनिसियाविरुद्ध २ गोल गरेका केनले पानामाविरुद्ध ह्याट्रिक गरेका हुन् । योसँगै उनले गोल्डेन बुटको दावेदारी प्रस्तुत गरेका छन् ।  

रोनाल्डोले विश्वकपको यो संस्करणमा पहिलो ह्याट्रिक गरेको भएपनि गोल संख्या चार मात्रै छ । उनलाई बेल्जियमका रोमेलु लुकाकुले समेत चुनौती दिएका छन् । 

लुकाकुले समेत पानामाविरुद्धकै खेलमा दुई गोल गरेका थिए । २५ वर्षीय लुकाकुले ट्युनिसियाविरुद्ध पनि २ गोल गरेसँगै गोल संख्या चार पुर्‍याएका छन् । 

टोटनह्याम हट्स्परबाट अग्रपंक्तिमा खेलिरहेका केनले विश्वकप छनोटमा व्यक्तिगत ५ गोल गर्दा एक गोल असिस्ट गरेका थिए । उनी उमेरले २४ वर्षका भए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ