arrow

फराकिलो जित निकाल्दै इङ्गल्याण्ड दोस्रो चरणमा, पानामाको कन्तविजोग  

logo
प्रकाशित २०७५ असार १० आइतबार
eng_vs_panama.jpg

काठमाडौं । इङ्गल्याण्डले रुसमा जारी विश्वकप फुटबलको दोस्रो चरणमा स्थान पक्का गरेको छ । पानामाविरुद्ध फराकिलो गोल अन्तरको जित निकाल्दै इङ्गल्याण्ड अन्तिम १६ मा पुगेको हो । 

पानामाविरुद्ध पहिलो हाफमै ५ गोल गरेको इङ्गल्याण्डले दोस्रो हाफमा एक गोल गर्‍यो । इङ्गल्याण्डलाई फराकिलो जित दिलाउन २४ वर्षीय ह्यारी केनले ह्याट्रिक गरे । विश्वकपको जारी संस्करणमा यो दोस्रो ह्याट्रिक हो । पहिलो ह्याट्रिक पोर्चुगलका क्रिश्चियानो रोनाल्डोले गरेका थिए । 

८ मिनेट जाँदा जोन स्टोन्सले गोल गर्दै इङ्गल्याण्डलाई सुरुवाती अग्रता दिलाए । २२औँ मिनेटमा अग्रपंक्तिका ह्यारी केनले पेनाल्टीमार्फत गोल गरे । 

३६औँ मिनेटमा मध्यपंक्तिमा रहेका जेस लिङ्गार्डले गोल गर्दै अग्रता तेब्बर पारे । ४० औँ मिनेटमा रक्षापंक्तिमा भएका स्टोन्सले नै गोल गरे । पाँचौ गोल गर्ने अवसर फेरि केनलाई नै जुर्‍यो । त्यो पनि पेनाल्टीमै । उनले ४५औँ मिनेटमा पाएको पेनाल्टी पनि सदुपयोग गरे । ६२औँ मिनेटमा केनले ह्याट्रिक पूरा गरे । 

७८औँ मिनेटमा पानामाक फेलिप बालोयले सान्त्वना गोल फर्काए । योहारले पानामा समूहचरणबाटै बाहिरिने लगभग पक्का भएको छ । पानामा ८ गोलको ऋणी भएको छ भने, अंकविहिन रहेको ट्यूनिसिया ४ गोलको ऋणी छ । 

इङ्गल्याण्ड र बेल्जियम र बराबर
इङ्गल्याण्ड र बेल्जियमको खेल, जित, गोल अन्तर र अंक बराबर भएको छ । यद्यपि, इङ्गल्याण्ड समूह जीको शीर्ष स्थानमा छ । बेल्जियम दोस्रो स्थानमा छ । आफ्नो दोस्रो खेलमा बेल्जियमले ट्यूनिसियाविरुद्ध ५ गोल गरेको थियो भने, पानामाविरुद्ध ३ गोल। इङ्गल्याण्डले ट्यूनिसियाविरुद्ध दुई गोल गर्दा पानामाविरुद्ध ६ गोल गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ