arrow

जापानले सेनेगललाई बराबरीमा रोक्यो, दोस्रो चरणको संभावना खुल्ला

logo
प्रकाशित २०७५ असार १० आइतबार
Japan_Senegal.jpg

काठमाडौं। रसियामा जारि विश्वकप प्रतियोगिता अन्तर्गत समुह 'एच'को  जापान र सेनेगल बिचको खेल २-२ गोल हुँदै बराबरीमा सकिएको छ। आ-आफ्नो पहिलो खेल जितेका दुवै टोलीले १-१ अंक बाँडेका छन्। दुवै टोलीको २-२ खेलबाट ४-४ अंक रहेको छ।  

सेनेगलकालागि ११औं मिनेटमा सादियो मानेले गोल गर्दै १-०को अग्रता दिलाएका थिए। त्यसैगरि ताकासी ईनुईले ३४औं मिनेटमा जापानकालागि गोल गर्दै खेल १-१को स्थितीमा ल्याएका थिए। 

दोस्रो हाफमा सेनेगलका मौसा वागुले ७१औं मिनेटमा गोल गर्दै अग्रता २-१ बनाए पनि ७८औं मिनेटमा केसुकी होन्डाले गोल गर्दै खेल २-२को बराबरीमा ल्याएका थिए। 

खेलमा सेनेगलले धेरै आक्रमणहरु गरे पनि थप गोल गर्न सकेको थिएन भने बलमा बढी नियन्त्रण जापानले राखेको थियो। जापानले ५७% समय बल आफ्नो नियन्त्रणमा राखेको थियो। 

जापानका रक्षापंक्तिका खेलाडीहरुले सेनेगलका केही राम्रा आक्रमणहरु बिफल तुल्याएका थिए । सेनेगलले बढी आक्रमक खेल खेलेको थियो। जापानले पनि दोस्रो हाफको पछिल्लो समय आक्रमक फुटबल खेलेको थियो। 

समुह 'एच'मा पोल्याण्ड र कोलम्बिया रहेका छन्। दुवैले आ-आफ्नो पहिलो खेल हारेका थिए। अंक तालिकामा जापान पहिलो स्थानमा रहेको छ भने सेनेगल दोस्रो स्थानमा रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ