arrow

अर्जेन्टिनाका खेलाडीहरुसँग भेट्न चाहान्छन् 'निरास' म्याराडोना

logo
प्रकाशित २०७५ असार ११ सोमबार
Maradona_Messi.jpg

एजेन्सी। अर्जेन्टिनाको क्रोएसियासँगको लज्जास्पद पराजय पछि स्टार फुटबल खेलाडी डिएगो म्याराडोनाले अर्जेन्टिनी टोली र म्यानेजरसँग भेट्ने चाहाना रहेको बताएका छन्। 

क्रोएसियासँग ३-० को पराजय ब्योहोरेपछि म्याराडोनाले आफु मुर्मुरिएको र दुखित रहेको बताएका छन्। भेनेजुएली टेलिभिजनमा अन्तरवार्ता दिंदै उनले भने ' म लगायत केही खेलाडीहरु अर्जेन्टिनाको टोलीसँग भेटेर गफ गर्न चाहान्छौ।  हामी हाम्रो फुटबलको गर्व बचाउन चाहान्छौं। 

सन् १९८६को विश्वकप बिजेता र गोल्डेन बलका बिजेता म्याराडोनाले क्रोएसियासँगको हारले स्तब्ध बनाएको बताएका छन्। उनले अर्जेन्टिनाको यस्तो हार ब्राजिल, जर्मनी, हल्याण्ड वा स्पेनसँग होईन । यो हारले हामीलाइ धेरै गाह्रो बनाएको छ। 

उनले अर्जेन्टिना फुटबल सँघका अध्यक्षलाई यो हारको प्रमुख जिम्मेवार ठहर्‍याएका छन्। यसअघि नै क्रोएसियासँगको हार पछि खेलाडी र म्यानेजरका बिच तालमेल नभएको र भनाभन भएको कुराको बचाउ जावियर मास्केरानोले गरिसकेका छन्। 

खेलाडीहरुले आफ्नो कुरा मात्र राखेका हुन जुन टिमकालगि लाभदायक हुन्छ । यसमा कुनै भनाभन वा तालमेल नमिलेको कुरो केही छैन जावियरले प्रेस मीटमा भनेका थिए। 

साम्पाओलीको प्रशिक्षणमा आइसल्याण्डसँग बराबरीमा रोकिएको टोलीले क्रोएसियासँग ३–० को फराकिलो हारको सामना गरेसँगै उनको प्रशिक्षणको विषयमा आलोचना भएको हो । 

अधिकारीहरुले आगामी खेलमा उनले चाहेको खण्डमा बेन्चमा बस्नसक्ने तर उनले नचाहेको खण्डमा उनलाई बेन्चमा पनि नराखिने बताएका छन् ।

शनिबार राति अर्जेन्टिनाका फुटबल संघका अध्यक्षसँग म्यानेजर साम्पाओलीले वार्ता गरेका थिए । यो वार्तापछि उनले आफ्नो पदमा रहिरहने संकेत गरेका छन् ।

नाइजेरियासँगको खेलका लागि खेलाडी छनोट गर्ने जिम्मा सम्भवतः टोलीका सिनियर खेलाडीहरु लियोनेल मेस्सी र ज्याभियर मास्केरानोले पाउनसक्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ