arrow

कोलम्बियाद्वारा पोल्याण्ड पराजित, समुह 'एच'का अन्तिम खेलहरु रोमाञ्चक हुने

logo
प्रकाशित २०७५ असार ११ सोमबार
Colombia_poland.jpg

काठमाडौं। रसियामा जारि विश्वकप फुटबल अन्तर्गत कोलम्बिया र पोल्याण्ड बिचको खेलमा कोलम्बिया ३-०ले बिजयी भएको छ। प्रतिस्पर्धात्मक समुहमा रहेको पोल्याण्ड भने यो हारसँगै विश्वकपबाट बाहिरिएको छ ।

कोलम्बियाकालगि एरी मिनाले ४०औं मिनटमा गोल गरेका थिए भने रादामेल फाल्कोले ७०औं र हुवाँ कुआर्डोले ७५औं गोल गर्दै कोलम्बियालाई ३-०को जित दिलाएका थिए। 

कोलम्बियाको आक्रमणका अगाडि पोल्याण्ड कमजोर देखिएको थियो। पोल्याण्डका केही राम्रा आक्रमणहरुलाई कोलम्बियाका रक्षापंक्तिले दर्शनिय ढमगले बिफल तुल्याएको थियो। 

समुहमा कोलम्बिया, जापान र सेनेगल मध्य दुई टोली दोस्रो चरणमा प्रवेश गर्ने छन्। जापान र सेनेगलको २ खेलबाट ४-४ अंक रहेको छ भने कोलम्बियाको २ खेलमा ३ अंक रहेको छ। 

समुहको अन्तिम खेलमा कोलम्बियाले सेनेगलको सामना गर्नेछ भने जापानले पोल्याण्डसँग खेल्ने छ। सेनेगल र जापानले १-१ अंक मात्र आर्जन गर्न सकेमा दोस्रो चरण पुग्नेछन् भने कोलम्बियाले ३ अंक हासिल गर्नु पर्नेछ । 
कोलम्बियाले सेनेगललाई पराजित गर्नु पर्नेछ भने सेनेगलले बराबरी मात्र गरे पुग्छ । 

सेनेगल र कोलम्बियाले १-१ अंक बाड्दा जापान पोल्याण्डसँग पराजित भएमा कोलम्बिया र सेनेगल दोस्रो चरणमा प्रवेश गर्ने छन्।   समुह 'एच'को अन्तिम खेल रोमाञ्चक मोडमा पुगेको छ। 

तीन टोलीमा दुई टोलि दोस्रो चरणमा जानेछन् र खेलहरु प्रतिस्पर्धात्मक हुने निश्चित रहेको छ। पोल्याण्डले पनि आफ्नो अन्तिम खेल आत्मसम्मानकालागि केल्ने निश्चित हुँदा जापानलाई पनि सजिलो हुने छैन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ