arrow

विश्वकपमा सोमबारदेखि तेस्रो चरणका खेल, एकै समयमा रोचक भिडन्त

logo
प्रकाशित २०७५ असार ११ सोमबार
russia-20181.jpg

काठमाडौं । विश्वकप फुटबलमा सोमबारदेखि समूहका तेस्रो चरणका खेलहरु सुरु हुँदैछन् । दोस्रो चरणसम्म राउण्ड अफ सिक्सटिनमा पुग्ने टोलीको टुंगो नलागेका समूहमा कुनै पनि मिलेमतो नहोस् भन्नका लागि एकै समयमा खेल सुरु हुने हुँदा भिडन्त अत्यन्त रोचक हुने अनुमान गरिएको छ । 

सोमबार समूह ए र समूह बी का खेलहरु हुनेछन् । बेलुकी ७ः४५ बजे समूह ए का खेलहरु हुनेछन् । 

साउदी अरेबियाले इजिप्टसंग र उरुग्वेले रुससंग खेल्नेछ । यो समूहबाट रुस र उरुग्वेले यसअघि नै राउन्ड अफ सिक्सटिनमा स्थान बनाइसकेकाले यी खेलबाट साउदी र इजिप्टले सान्त्वना जितसहित घर फर्कने तथा रुस र उरुग्वे समूह विजेता बन्दै राउन्ड अफ सिक्सटिनमा पुग्न चाहन्छन् । 

समूह बी को खेल निकै रोमाञ्चक हुनेछ । यो समूहबाट कुनै पनि टिमले राउन्ड अफ सिक्सटिनमा स्थान बनाइनसकेको अवस्थामा दुवै खेलबाट नै छिनोफानो हुनेछ । 

राति ११ः४५ बजे सुरु हुने खेलमा इरानले पोर्चुगलसंग तथा स्पेनले मोरोक्कोसंग खेल्नेछ । अंक तालिकामा स्पेन र पोर्चुगलको ४–४ अंक छ । इरानको ३ अंक छ भने मोरक्को अंकविहिन छ । 

मोरोक्कोले खेल जित्दा राउन्ड अफ सिक्सटिनमा पुग्नेछैन । तर मोरोक्कोले धेरै गोलको अन्तरले स्पेनलाई हराउँदा पनि उसले राउन्ड अफ सिक्सटिनमा ठाउँ बनाउन सक्ने छैन । तर यदि यस्तो भयो र इरानले पोर्चुगललाई जित वा बराबरीमा रोक्न सक्यो भने इरान र पोर्चुगल राउन्ड अफ सिक्सटिनमा पुग्नेछन् । 

तर विश्लेषकहरु स्पेन निकै सन्तुलित टिम भएकाले कुनै अप्रत्याशित परिणामको परिकल्पना गर्न नसकिने बताउँछन् । 

स्पेन र पोर्चुगलले ३–३ को बराबरी खेल्दा स्पेनले इरानलाई तथा पोर्चुगलले मोरोक्कोलाई समान परिणाममा १–० ले हराएको थियो । गोल अन्तरसमेत उस्तै भएकाले पनि यो समूहको भिडन्त निकै बहुप्रतिक्षित देखिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ