arrow

सुगतरत्न कंसाकारलाई प्रश्नः हवाइ यात्रुको सुरक्षामा खेलवाड किन?

एयरपोर्ट प्रवेशमै रोक लगाइएको अवालेलाई किन फर्काउन खोजिदैछ निगममा ?

logo
प्रकाशित २०७५ असार ११ सोमबार
awale-sugatratna-nepal-airlines.jpg

काठमाडौं। नेपाल वायुसेवा निगमले विदेशी मुद्रा अवैध ओसारपसारमा दोषी देखिएपछि कार्वाहीमा परेका आफ्ना विमान चालक सुवर्ण अवाललाई कार्वाही फुकुवाको लागि नेपाल हवाइ उड्डययन प्राधिकरणलाई पत्राचार गरेको छ। 

निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले पाइलट अवालेलाई काममा फर्कन मिल्ने गरि कार्वाही फुकुवाका लागि आग्रह गरेका हुन्। 

पाइलट अवाले काठमाडौंबाट दुवइ जानेक्रममा विमानबाटै अवैध रुपमा ओसारपसार गर्न लागिएको अमेरिकी डलर ९३ हजार ६सय सहित गत बर्ष पक्राउ परेका थिए। उनलाई पछि काठमाडौं जिल्ला अदालतले दोषी ठहर गर्दै एक करोड जरिवाना समेत गरेको थियो। 

अदालतको फैसलासँगै हवाइ उड्डययन प्राधिकरणले निगमका वरिष्ठ पाइलट अवालेलाई अनिश्चितकालसम्मका लागि विमान चलाउन नपाउने गरि कार्वाही गरेको थियो। अवालेलाई एयरपोर्ट प्रवेशमा समेत प्राधिकरणले रोक लगाएको थियो। 

अदालतको फैसलासँगै प्राधिकरणले कार्वाही गरेका अवालेलाई अहिले कार्वाही फुकुवा गर्दै काममा फर्काउन कंसाकार लागिपरेका छन्। कार्वाही फुकुवा गर्दै अवालेलाई काममा फर्काउन कंसाकारले प्राधिकरणलाई पत्र समेत पठाएका छन्। 

कंसाकारको पत्र पछि प्राधिकरणमा यो विषयले चर्चा पाएको छ। यद्यपी कार्वाही भोगिसकेका अवालेलाई काममा फर्काउनेमा भने प्राधिकरणका अधिकारीहरु सहमत छैनन। 

किन लेखे पत्र कंसाकारले?

नेपाल वायु सेवा निगम लामोसमयदेखि पाइलट अभाव झेलिरहेको छ। पछिल्लो समयमा विमान थप्ने कुरासँगै पाइलट अभाव भएको जानकारी बाहिर आइरहेको छ। भएका पाइलटहरुले जागिर छोड्दै अन्यत्र जाने क्रम पनि जारी छ। केहि राम्रा भनिएका मध्ये अवाले कार्वाहीमा परेपछि निगम एकपछि अर्को पाइलट अभावमा जुधिरहेको छ। 

तर अवालेसँगै काम गरेका निगमका पाइलटहरु उनी विदेशी मुद्राको अवैध ओसारपसारमा कार्वाहीमा परेपछि मानसिक रुपमा दवावमा रहेको बताउँछन्। निगमका एक पाइलट भन्छन, ' मानसिक रुपमा दवावमा भएका पाइलटलाई पुन काममा फर्काउने कुरा यात्रुहरुको सुरक्षाको दृष्टिकोणबाट उपयुक्त हुन्न। '

प्राधिकरणले पनि स्वास्थ्यका दृष्टीले अवाले अब उडान भर्न अनुपयुक्त हुने बताएको छ। तर कंसाकारले किन यति ठूलो जोखिम मोल्न चाहिरहेका छन बुझ्न सकिएको छैन। ५६ बर्षिय पाइलट अवाले कार्वाहीमा पर्नु अघीसम्म एयरवस A320 चलाउथे। 

एकपछि अर्को विमान थप्ने कुरासँगै हवाइ यात्रुको सुरक्षामा पनि निगम संवेदनशील हुनुपर्छ। तर अवैध काममा संलग्न रहि प्रहरी हिरासतमा समेत रहेका अवाले जस्ता व्यक्तिलाई काममा फर्काउँदा कतै त्यसको दुस्परिणाम अन्य यात्रुहरुले भोग्नु पर्ने त हैन भन्ने कुरामा कंसाकारको ध्यान पुगेको देखिदैन। यसमा प्राधिकरणले नै निगमलाई रोक्नुपर्ने यस क्षेत्रका जानकारहरु बताउँछन्। 

पर्यटन तथा नागरिक उड्डययन मन्त्री रविन्द्र अधिकारीले यस बारेमा के निर्णय लिन्छन त्यो भने हेर्न बाँकी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ