arrow

मेस्सीः अर्जेन्टिनाका मेरुदण्ड, मनाए जन्मदिन, जित्न चाहन्छन् विश्वकप

logo
प्रकाशित २०७५ असार ११ सोमबार
messi-birthday.jpg

काठमाडौं । अर्जेन्टिनाका फुटबल कप्तान लियोनल मेस्सीले ३१ औं जन्मोत्सव आइतबार मनाएका छन् । उनका टिमका सदस्यहरुले उनलाई केक उपहार सुम्पिए । 

अभ्यास सेसन सकिएपछिको समयमा खेलाडीहरुले मेस्सीको जन्मदिन मनाएका हुन् । सो क्रममा खेलाडीहरुले केही बालबालिकाहरुलाई पनि भेटे । 

उनका मिल्ने साथी सर्जियो अगुएरोले मेस्सीको बर्थडे सेलिब्रेसन इन्स्टाग्राममा सेयर गरेका छन् । 

मेस्सीलाई जन्मदिनमा उनकै प्रतिमाको केक बनाएर उपहार पनि दिइएको छ । रुसको मस्कोका पाँचजना केक निर्माताले मेस्सीको केक बनाएर उपहार दिएका हुन् । उक्त केकको तौल ६० किलोग्राम रहेको छ।

विश्वकप फुटबलको राउन्ड अफ सिक्सटिनमा पुग्न संघर्षरत अर्जेन्टिनाले समूहको अन्तिम खेलमा नाइजेरियासंग खेल्दैछ । 

यो खेलको जित र क्रोएसिया आइसल्याण्डको नतिजाले अर्जेन्टिनाको भविष्य तय गर्नेछ । 

मेस्सीलाई खेलाडीहरु छनोट गर्ने अधिकार पनि  प्राप्त भएको छ । मेस्सीले विश्वकप नै उचाल्ने अभिव्यक्ति दिएका छन् । उनले विश्वकप नजिती कसरी सन्यास लिनु पनि भनेका छन् । 

मेस्सीको दृढ इच्छाशक्तिले उनलाई कहाँसम्म पुर्याउने हो त्यो हेर्न बाँकी छ । प्रशिक्षकले राम्रो भूमिका खेल्न नसकेको बताएपछि मेस्सीलाई खेलाडी छान्ने अधिकार दिइएको हो । 

फुटबल लिजेन्ड डिएगो म्याराडोनाले पनि खेलाडीहरुलाई भेटेर उत्साह थप्ने चाहना व्यक्त गरेका छन् । 

जन्मदिनको आशीर्वादले मेस्सीको सपना पूरा होला त ? 

समूह डी को अन्तिम खेल्नुअघि ६ अंकबाट क्रोएसिया राउन्ड अफ सिक्सटिनमा पुगिसकेको छ । अब नाइजेरिया, आइसल्याण्ड र अर्जेन्टिनामध्ये एक टिम राउन्ड अफ सिक्सटिनमा पुग्नेछ । 

नाइजेरियाको ३ तथा आइसल्याण्ड र अर्जेन्टिनाको १–१ अंक छ । मंगलबार राति ११ः४५ बजे अर्जेन्टिनाले नाइजेरियासंग खेल्दा सोही समयमै आइसल्याण्ड र क्रोएसिया भिड्दै छन् । 

अर्जेन्टिनाले नाइजेरियालाई हराएसंगै अर्को खेलमा आइसल्याण्डको हार वा बराबरीले पनि पुग्नेछ । 

यदि आइसल्याण्ड विजयी भयो भने पनि अर्जेन्टिनाको जितले गोल अन्तरमा ऊ राउन्ड अफ सिक्सटिनमा पुग्नेछ । 

अर्जेन्टिनाको गोल अन्तर माइनस ३ तथा आइसल्याण्डको गोल अन्तर माइनस २ छ । 

यदि अर्जेन्टिना पराजित भयो भने नाइजेरिया राउन्ड अफ सिक्सटिनमा पुग्नेछ । 

सकारात्मक परिणाम आएन भने मेस्सीको यो विश्वकपको अन्तिम खेल हुने पनि विश्लेषकहरुले बताउन थालेका छन् । 

तर मेस्सीको दृढ इच्छाशक्तिमा टिमले नै साथ दिने हो भने अर्जेन्टिनालाई उपाधिमा ह्याट्रिक गर्न कसैले रोक्न सक्ने छैन । 

डिफेन्डिङ रनर अप अर्जेन्टिनाले यसअघि सन् १९७८ र सन् १९८६ मा उपाधि जितेको थियो । 

अर्जेन्टिना सन् १९३० र १९९० को पनि रनर अप हो । 

The Argentina star also posed for a picture with Ever Banega's daughter

Messi took time out after training to meet Eduardo Salvio's son

The 31-year-old also posed for a snap with Di Maria's daughter on Sunday

Sergio Aguero posted a snap of him with Messi and wished him a happy birthday on Instagram

A life-size chocolate sculpture was unveiled at an event in Bronnitsy to mark Messi's 31st

Messi and Argentina has underwhelmed at the World Cup and could go out at the group stage

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ