arrow

सन्यास लिने मनसायमा सलाह, कारण यस्तो 

logo
प्रकाशित २०७५ असार ११ सोमबार
salah3.jpg

काठमाडौं । मोहम्मद सलाहले इजिप्टको टोलीबाट सन्यास लिनसक्ने बताएका छन् । चेकका नेता रामजान काडिरोभसँग फोटो खिचेसँगै विवादमा तानिएका सलाहले यस्तो मनसाय बनाएका हुन् । 

विश्वकप सुरु हुनुभन्दा पहिला नै इजिप्टका महत्वपूर्ण खेलाडी सलाहको तस्बीर बाहिरिएको थियो । तस्बीर बाहिरिएसँगै सलाह विवादमा तानिएका थिए । 

मानव अधिकारको गम्भीर उलंघनको आरोप लागेका चेकका नेता काडिरोभले सलाहलाई आफ्नो मुलुकको नागरिकता दिलाउने पनि आश्वासन दिएका छन् । स्पोर्टसमेलले उल्लेख गरेअनुसार सलाह इजिप्टको राष्ट्रिय टोली छाड्ने संघारमा पुगेका हुन् । 
अहिले विश्वकपको क्रममा इजिप्टको रुसमा तयारी गरिरहेको छ । 

सोमबार साउदी अरेबियासँग समुहचरणको अन्तिम खेल खेलेर इजिप्ट आफ्नो घर फर्किनेछ । त्यस लगत्तै सलाहलाई चेकले आफ्नो नागरिकता दिने तयारी गरेको बताइएको छ । सामाजिक सञ्जालमार्फत् चेकका नेताले आफूलाई गरिएको स्वागतको विषयलाई लिएर सलाह निकै खुसी रहेको बताएका छन् । चेकका नेता काडिरोभले आफ्नो मुलुकमा इजिप्टलाई एक मैत्रीपूर्ण फुटबलको प्रस्ताव पनि गरेका छन् । 

काडिरोभले भर्खरै ल्याएको समलिङ्गी विवरणले भने उनी थप विवादमा तानिएका छन् । उनले आफ्नो मुलुकमा कुनै पनि समलिङ्गी नरहेको बताएका थिए । 

इजिप्टका फुटबल संघका प्रमुखले भने यो विवरण गलत रहेको बताएका छन् । यो समाचारबाट आफू्र चम्मित बनेको उनले बताएका छन् । उनले कुनै मानिस अर्कोको डिनरमा पुग्नु आफूहरुकोमा सामान्य रहेको र यसमा विवाद गर्नुपर्ने कुनै कारण नरहेको बताएका छन् ।

Egypt's Mohamed Salah found himself amid controversy after meeting Ramzan Kadyrov (left)

The Chechen leader made a very public show of grasping Salah's hand for the photographers

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ