arrow

यस्तो छ रुस विश्वकपको ११ दिनसम्मको फुटबल नालीबेली

logo
प्रकाशित २०७५ असार ११ सोमबार
russia-2018.png

काठमाडौं । रुस विश्वकप सुरु भएको ११ दिन सकिएको छ । यो विश्वकपमा केही अपेक्षा नगरिएका नतिजाहरु हासिल भएका छन् । ११ औं दिनको खेल सकिँदा विश्वकका आधा अर्थात् ३२ खेलहरु सकिइसकेका छन् । 

३२ खेलहरु सकिँदा ८५ गोल भएका छन् । समग्रमा एक सय १० कार्डहरु देखाइसकिएको छ, जसमा एउटा मात्र रातो कार्ड रहेको छ । ३२ खेलमध्ये २७ खेलमा हारजितको फैसला भएको छ भने पाँच खेल बराबरीमा सकिएको छ । 

३२ खेल सकिँदा सबैभन्दा बढी गोल गर्ने खेलाडीमा इंगल्याण्डका ह्यारी केन रहेका छन् । उनले पाँच गोल गरिसकेका छन् । त्यसैगरी बेल्जियमका रोमेरो लुकाकुको नाममा चार गोल रहेको छ भने पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पनि समान चार गोल गरेका छन् । 

३२ खेल सकिँदा एकै खेलमा सबैभन्दा बढी सात गोल भएका छन् । दुई खेलमा यस्तो नतिजा हासिल भएको हो । बेल्जियम र ट्युनिसियाको बीचमा भएको खेलमा सात गो भएको थियो भने इंगल्याण्ड र पानाको खेलमा पनि सात गोल भएको हो । 

अहिलेसम्म १६ ओटा पेनाल्टी दिइसकिएको छ । अघिल्लो विश्वकपको समग्र खेलमा केवल १३ पेनाल्टी दिइएकोमा यसपटक भने आधा खेल सकिँदा पेनाल्टी १६ पुगिसकेको छ । 

भीएआरको नयाँ प्रयोगको कारण  पेनाल्टी संख्या बढेको विश्लेषकहरुको ठम्याइ छ । ३२ खेल सकिँदा दुई खेलाडीहरुले ह्याट्रिक गरेका थिए । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र इंगल्याण्डका ह्यारी केनले ह्याट्रिक गरेका हुन् । यी दुई खेलाडीसंगै लुकाकु गोल्डेनबुटको दावेदार मानिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ