arrow

पोर्चुगल भर्सेस इरान –जसले जित्छ उही अगाडि बढ्छ

logo
प्रकाशित २०७५ असार ११ सोमबार
portugal-iran.jpg

काठमाडौं । विश्वकप फुटबलमा सोमबार समुह बी अन्तर्गत पोर्चुगल र इरानको बीचमा प्रतिस्पर्धा हुँदैछ । समुह बीको लागि यो प्रतिस्पर्धा निकै रोचक हुने देखिन्छ । खेल राति पौने १२ बजे सुरु हुनेछ ।

अर्को चरणमा पुग्नका लागि पोर्चुगल र इरान दुवैका लागि यो खेल जित्नैपर्ने दबाब रहेको छ । पोर्चुगलको ४ अंक रहेको छ भने इरानको ३ अंक रहेको छ । यस्तोमा माथिल्लो चरणमा पुग्नका लागि इरानले पोर्चुगललाई हराउनु जरुरी हुन्छ । पोर्चुगलका लागि भने माथिल्लो चरणमा पुग्नका लागि कम्तीमा बराबरीको नतिजा हासिल गर्नु जरुरी हुन्छ । 

इरानले आफ्नो पहिलो खेलमा मोरोक्कोसँग १–० को जितको नतिजा हासिल गरेको थियो भने दोस्रो खेलमा स्पेनसँग समान अन्तरको हारको सामना गरेको थियो । यद्यपि उसले यो विश्वकपमा निकै राम्रो प्रदर्शन गर्दै आइरहेको छ । 

यो विश्वकपको दुई खेल हेर्ने हो भने इरानको टोली थप सशक्त देखिन्छ । माथिल्लो चरणमा प्रवेश गर्दै इतिहास रच्ने दाउमा रहेको टोलीका लागि पोर्चुगलसँगको खेलमा आफ्नो प्रदर्शनमा थप सुधार गर्नुपर्ने हुनसक्छ । 

पोर्चुगलको टोली अहिले राम्रो लयमा रहेको छ । पहिलो खेलमा स्पेनलाई बराबरीमा रोकेको टोलीले दोस्रो खेलमा मोरोक्कोलाई हराएको थियो । सोमबारको खेलमा पनि सुखद नतिजा हासिल गर्दै माथिल्लो चरणमा प्रवेश गर्ने ध्यानमा रहेको टोलीका लागि समुहको शीर्षस्थानमा पुग्नका लागि फराकिलो अन्तरको जित निकाल्नुपर्ने हुन्छ । 

यद्यपि अहिलेसम्म यो टोलीका एकमात्र खेलाडीको प्रदर्शन बलियो रहनु भने उसको लागि टाउको दुखाइको विषय बन्न सक्छ । दुई खेलमा पोर्चुगलले ४ गोल गरेको छ र सबै गोल क्रिस्टियानो रोनाल्डोले गरेका छन् । 

हेड टु हेड 
यसअघि पोर्चुगल र इरानको इतिहास हेर्ने हो भने पोर्चुगल अगाडि देखिन्छ । यसअघि उनीहरुको बीचमा दुई पटक भेट भएको छ । दुवैपटक पोर्चुगलले बाजी मारेको छ । उनीहरुको बीचमा पछिल्लो पटक सन् २००६ को विश्वकपमा भेट भएको थियो । 

प्लेयर्स टु वाच 
सरदार अज्मोउन (इरान)

पोर्चुगलको टोलीमा धक्का पु-याउन सक्ने इरानमा एक खेलाडी अजमोउन हुन् । उनले अहिलेसम्म विश्वकपको खेलमा कुनै गोल गरेका छैनन् तर उनले ३५ अन्तर्राष्ट्रिय खेलहरुमा २३ गोल गरिसकेका छन् । 

क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)
पोर्चुगलको टोलीमा सबैभन्दा बढी आशा गरिएका खेलाडी हुन् क्रिस्टियानो रोनाल्डो । पछिल्लो दुई खेलमा पोर्चुगलका लागि रोनाल्डोले मात्रै गोल गरेका छन् । यो विश्वकपमा राम्रो लयमा देखिएका खेलाडी सोमबारको खेलमा इरानको लागि टाउको दुखाइको विषय बन्न सक्छ । उनले स्पेन विरुद्ध ह्याट्रिक गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ