arrow

बलियो स्पेनसँग प्रतिष्ठाको लडाइँमा मोरोक्को

logo
प्रकाशित २०७५ असार ११ सोमबार
spain-morocca.jpg

काठमाडौं । सोमबार समुह बी अन्तर्गत स्पेन र मोरोक्को बीचमा प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार राति पौने १२ बजेटबाट उनीहरुको खेल सुरु हुनेछ । माथिल्लो चरणमा पुग्नका लागि स्पेनका लागि यो खेलमा जित हासिल गर्नु महत्वपूर्ण रहेको छ भने मोरोक्कोका लागि यो खेल प्रतिष्ठाको लडाइँ मात्र हुनेछ ।

सोमबारको खेलमा बराबरी मात्रको नतिजाले पनि स्पेनलाई माथिल्लो चरणको ढोका खुला हुनेछ । मोरोक्कोले जित हासिल गरेको खण्डमा भने उसले इरान र पोर्चुगलको खेलमा आफ्नो भाग्यको खोजी गर्नुपर्ने हुन्छ । पहिलो खेलमा पोर्चुगलसँग बराबरीको नतिजा हासिल गरेको टोली उपाधिको एक दाबेदार मुलुक हो । सन्तुलित अवस्थामा रहेको यो टोली राम्रो लयमा पनि देखिएको छ । जसको कारण सोमबारको खेलमा स्पेन मोरोक्कोमाथि भारी हुनसक्ने देखिन्छ ।

मोरोक्कोले भने यो विश्वकपमा खासै राम्रो प्रदर्शन गर्न सकेको छैन यस्तोमा सोमबारको खेलमा आफूलाई साबित गर्दै सम्मानसहित घर फर्किने मौका हुनेछ ।

हेड टु हेड
अहिलेसम्म मोरोक्के र स्पेनको बीचमा ६ पटक प्रतिस्पर्धा भएको छ । जसमा पाँच पटक स्पेनले जित हासिल गरेको छ भने एक खेल बराबरीमा सकिएको छ ।

प्लेयर्स टु वाच
डिएगो कोस्टा (स्पेन)

स्पेनको टोलीका लागि डिएगो कोस्टा एक महत्वपूर्ण मिडफिल्डर हुन् । यसअघिका महत्वपूर्ण प्रतियोगितामा खासै प्रभाव जमाउन नसकेको यी खेलाडीको प्रदर्शन पछिल्लो समय भने सुधारको क्रममा रहेको छ । उनले दुई खेलमा तीन गोल पनि गरिसकेका छन् । जसको कारण सोमबारको खेलमा पनि उनको भूमिका निकै महत्वपूर्ण हुनसक्छ ।

अयौब एल काबी (मोरोक्को)
पछिल्लो दुई वर्षयता यी खेलाडीले मोरोक्कोको स्थानीय लिग तथा अन्य फुटबलहरुमा राम्रो प्रदर्शन गरिरहेका छन् । विश्वकपको बिदाइ सुखद बनाउनका लागि सोमबारको खेलमा यी भूमिका महत्वपूर्ण हुनसक्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ