arrow

स्विट्जरल्याण्डका दुई खेलाडीमाथि फिफाको प्रतिबन्ध

logo
प्रकाशित २०७५ असार ११ सोमबार
swizerland.jpg

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले गलत नियतले गोलको खुसी मनाएको भन्दै स्विट्जरल्याण्डका खेलाडीहरुलाई दुई खेलको प्रतिबन्ध लगाएको छ ।  सर्वियासँगको खेलमा गलत नियतका साथ गोलको खुसी मनाएको भन्दै फिफाले ग्रानिड छापा र छर्दन साकिरीमाथि दुई खेलको प्रतिबन्ध लगाएको हो ।

अहिले उनीहरुले फिफाको नियम पालना गरेको वा नगरेको भन्ने विषयमा अनुसन्धान भइरहेको बताएको छ । अहिले फिफाले प्रतिबन्ध लगाएको दुवै खेलाडीहरु अल्बानियाको कोसोभोका खेलाडीहरु हुन् । राजनीतिक हिसाबमा सर्वियासँग यी दुई क्षेत्रहरुको बीचको राजनीतिक समस्यालाई संकेत गर्ने गरी स्विट्जरल्याण्डका खेलाडीहरुले खुसीयाली मनाएका हुन् ।

उनीहरुले सर्वियासँगको खेलमा अल्बानियाको झण्डाको संकेत हुने गरी चीलको संकेत गरेका थिए । फिफाको नियमअनुसार यदि उनीहरुमाथिको आरोप सही साबित भएको खण्डमा कम्तीमा ३८ सय पाउण्डबराबरको जरिवाना तिर्नुपर्ने हुन्छ ।  फिफाले यस विषयमा विज्ञहरुसँग छलफल गर्ने योजना अघि सारेको छ ।
 
फिफाको अहिलेको निर्णयसँगै स्विट्जरल्याण्डका खेलाडीहरुले कोस्टारिकासँगको खेल गुमाउनेछन् भने अन्तिम १६ मा पुगेको खण्डमा उनीहरुले सो खेल पनि गुमाउनेछन् ।
 
 गत शनिबार उनीहरुको विषयमा अनुशासन समितिले विवरण फिफालाई बुझाएको थियो । यस विषयमा स्विट्जरल्याण्डका प्रशिक्षकले भने राजनीति र फुटबललाई जोडेर हेर्न नहुने बताए ।  खेलाडीहरुले भने गोलको खुसी मनाउनु सामान्य कुरा रहेको र त्यसमा कुनै किसिमको राजनीतिक नियत नरहेको बताएका छन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ