२५ रोपनी जग्गामा लगाइएको अवैध गाँजा प्रहरीले गर्यो नस्ट
गणेश मौनी,
प्रकाशित २०७५ असार ११ सोमबार
881
Shares
डोटी । जिल्ला प्रहरी कार्यालय डोटीले करीब २५ रोपनी क्षेत्रफल भित्र रहेको गाँजा (भाङ) सोमबार नस्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक ध्रुर्ब बहादुर विस्टको नेतृत्वमा गएको टोलीले दिपायल सिलगढी नगरपालीका वडा नम्बर ७ अन्र्तगत बनखेतमा बाझो जमिन र खेतबारीमा उम्रीएको करीब २५ रोपनी क्षेत्रफल भित्र रहेको गाँजा (भाङ) नस्ट गरिएको हो ।
जिल्ला सदरमुकाम सिलगढी क्षेत्रबाट नजिकको क्षेत्र भित्र पर्ने हुदा दिनानु दिन गाँजा(भाङ) प्रयोगकर्ताहरुको संख्या बढीरहेकोले गाँजा नस्ट गर्ने अभियान संचालन गरिएको टोलीमा सहभागि सामुदायीक प्रहरी सेवा केन्द्रका प्रहरी हवल्दार नरेन्द्र नाथले बताए ।
प्रहरीले एक साता अघि डोटीको जोरायल क्षेत्रमा १५ रोपनी क्षेत्रफल भित्ररहेको गाँजा नस्ट गरी सुरुवात गरेको अभियानलाई निरन्तरता दिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक विद्यानन्द माझीले बताए । उनले भने “हाम्रो अभियान सुरुवात भएको छ आवश्यक रुपमा अगाडी बढीरहन्छ जबसम्म अबैध रुपमा मदिराको विक्रि, सेवन बन्द हुदैन, जुवातासको अन्य हुदैन, बन्य जन्तु चोरी शिकार बन्द हुदैन, कालोपदार्थको सेवन विक्रि अन्य हुदैन, गाडीहरुमा क्षमता भन्दा बढी यात्रुहरु बोक्न छुट्दैन तबसम्म अभियानले निरन्तरता पाउने छ '।
हाल प्रहरीले जनता र प्रहरी विचको सम्बन्ध सुमधुर हो भन्ने उद्देश्यले जिल्ला विभिन्न स्थानमा टोल टोलमा प्रहरी अभियान पनि संचालन गर्दै आईरहेको छ अभियान अन्र्तगत विभिन्न जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्नुका साथै जाड रक्सी, जुवा तास अबैध मदिरा र गाँजा प्रयोग कर्ता, सिट क्षमता भन्दा यात्रु बोक्ने गाडीहरु र ब्यापारीलाई पनि विशेष निग्रानी र कडाई गर्दै आईरहेको छ ।