कपिलवस्तु । यशोधरा गाउंपालिका वडा नं ३ मा बाबुले छोराको हत्या गरेका छन् । ७२ बर्षिय बाबु मोहन वरईले ५० बर्षिय छोरा पिरथ वरईलाई हत्या गरेका हुन् । सोमबार १२ बजे गाउंवाट तौलिहवा जाने नहरमा धारिलो कोदालो प्रयोग गरि छोरालाई हत्या गरेको र निजको घटना स्थलमै मुत्यू भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
४ वर्ष छोरा घरवाट वाहिर साधु बनेर बसेपछि छोरालाई आफ्नो छोराको मुत्यू भयो भनेर मुत्यु दर्ता गराएर बाबुले राखेका थिए । त्यो थाहा पाए पछि छोराले म जिवितै छु भनी मुद्धा हालेका थिए । १ वर्ष पहिले डि एन ए परिक्षण गरि सर्वोच अदालतले मोहन वरईकै छोरा भएको फौसला गरेको थियो ।
मुद्धा जितेपछि वडा कार्यालय वाट नागरिकताको सिफारिस लिई नागरिकता बनाउनको लागी तौलिहवा जादै बाटोमा उनले छोराको हत्या गरेका हुन् । वडा वाट नागरिकता वनाउन सिफारिस लिएर जादै गर्दा वडा कार्यालय वाट निस्केको १५ मिनटमा नै उनका वावुले नहरमा धारिलो कोदालो प्रयोग गरी हत्या गरेको थाहा हुन आएको वडा अध्यक्ष सरिता त्रिपाठीले बताइन । हत्या गर्ने मोहन वरईलाई प्रहरीले प्रकाउ गरि अनुसन्धान गरिरहेको छ ।