arrow

समुहमा पहिलो हुँदै उरुग्वे दोस्रो चरणमा, रसिया दोस्रो

साउदी अरेबियाले ईजिप्टलाई हरायो

logo
प्रकाशित २०७५ असार ११ सोमबार
Uruguay_Russia.jpg

काठमाडौ। रसियामा जारी विश्वकप फुटबल प्रतियोगितामा उरुग्वेले आयोजक रसियालाई ३-० गोलले पराजित गर्दै ९ अंकका साथ समुहमा पहिलो हुँदै दोस्रो चरणको यात्रा तय गरेको छ। 

आयोजक रसियाले ३ खेलमा २ जित हात पार्दै ६ अंकका साथ दोस्रो चरण प्रवेश गरेको छ। त्यसैगरि साउदी अरेबिया र ईजिप्ट बाहिरिएका छन्। साउदी अरेबियाले ईजिप्टलाई २-१ गोलले पराजित गर्दै समुहमा तेस्रो भएको हो। 

उरुग्वे-रसिया
उरुग्वेकालागि लुईस स्वारेजले १०औं मिनेटमा फ्रिकिक मार्फत गोल गर्दै १-०को अग्रता दिलाएका थिए। रसियाका डेनिस चेरीसेवले २३औं मिनेटमा आत्मघाति गोल गर्दै उरुग्वेलाई २-०को अग्रता दिलाएका थिए भने ९०औं मिनेट एडिसन कभानीले उरुग्वेकालागि तेस्रो गोल गरेका थिए। 

खेलको ३६औं मिनेटमा रसियाका रक्षापंक्तिका खेलाडी ईगोर सोल्निकोभले रातो कार्ड खाँदै बाहिरिएका थिए। दस जनामा समेटिएको रसिया त्यसपछि खेलमा फर्किन सकेन।

साउदी अरेबिया-ईजिप्ट
त्यसैगरि साउदि अरेबियाले ईजिप्टलाई पराजित गरेको छ। ईजिप्टकालागि मोहाम्मद सलाहाले २२औं मिनेटमा गोल गर्दै अग्रता दिलाए पनि साउदीका सालमान अल फरजले पहिलो हाफको थप समयमा पेनाल्टी मार्फत गोल गर्दै खेल १-१को बराबरीमा ल्याएका थिए। 

त्यसैगरि खेलको ९५औं मिनेटमा सालिम अल दावसारीले गोल गर्दै साउदीलाई २-१को बिजय दिलाए। ईजिप्ट यो विश्ववकपमा अंक बिहिन भएर बाहिरिएको छ। ईजिप्टका ईङलिश प्रिमियर स्टार मोहम्मद सलाहाले प्रतियोगितामा कुल २ गोल गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ