arrow

दोस्रो चरणमा स्पेनले रसिया र पोर्चुगलले उरुग्वेको सामना गर्ने 

रोनाल्डोले पेनाल्टीमा गोल गर्न सकेनन्

logo
प्रकाशित २०७५ असार १२ मंगलबार
Spain_Morocco.jpg

काठमाडौं। रसियामा जारि विश्वकप फुटबलको समहु 'बी'को खेलमा स्पेन र पोर्चुगलले दोस्रो चरणमा आफ्नो स्थान पक्का गरेका छन्। स्पेन समुह बिजेता रह्यो भने पोर्चुगल उपबिजेता रहेको छ। 

समुह चरणको अन्तिम खेलमा पोर्चुगल र ईरानले १-१ गोल गर्दै अंक बाँडेका छन् भने स्पेनले पनि मोरोक्कोसँग २-२ गोलको स्थितीमा अंक बाँडेको छ।

तीन खेलबाट स्पेन र पोर्चुगलको ५-५ अंक रहेको छ भने ईरानको तीन खेलबाट ४ अंक रहेको छ। मोरोक्को तीन खेलबाट १ अंक ल्याउँदै समुहको पुछारमा रहेको छ। 

दोस्रो चरणमा स्पेनले रसियाको सामना गर्ने छ भने पोर्चुगलले उरुग्वेसँग खेल्ने छ।  उरुग्वे समुह 'ए'को बिजेता हो भने रसिया उपबिजेता रहेको छ। 

ईरान-पोर्चुगल
शुरुमा पोर्चुगलकालागि सजिलो देखिएको खेल ईरानले दवाबमा राकेको थियो। ईरानले पोर्चुगलको आक्रमणहरुलाई बिफल तुल्याउनुका साथै आफुले पनि केही खतरनाक आक्रमणहरु गरेको थियो। 

खेलको ४५औं मिनेटमा रिकार्डो करिज्माले गोल गर्दै पोर्चुगललाई १-०को अग्रता दिलाएका थिए। दोस्रो हाफको शुरुमा पनि पोर्चुगलले केही राम्रा आक्रमणहरु गरेको थियो तर गोल भने हुन सकेको थिएन। खेलको ५३औं मिनेटमा रोनाल्डोले प्रहार गरेको पेनाल्टी ईरानका गोलकिपरले बिफल तुल्याएका थिए।

खेलको ९३औं मिनेटमा ईरानले पेनाल्टी मार्फत गोल गर्दै खेल १-१को स्थितीमा पुर्‍याएका थिए। ईरानलाई दोस्रो चरणमा पुग्नकालागि स्पष्ट जित वा बराबरी हुँदा स्पेन ठुलो अन्तरले हार्नु पर्ने थियो। बराबरी गरेर पनि ईरानको दोस्रो चरणमा पुग्ने सपना अधुरै रह्यो। 

स्पेन-मोरोक्को
स्पेन र मोरोक्को बिचको खेलमा मोरोक्कोले स्पेनलाई दवाबमा राखेको थियो। आक्रमक फुटबल खेलेको मोरोक्कोले धेरै स्पेन भन्दा कम आक्रमणहरु गरेको भए पनि सटिक आक्रमणहरु गरेको थियो। 

खेलको १४औं मिनेटमा खालिद बोतिबले गोल गर्दै मोरोक्कोलाई १-०को अग्रता दिलाएका थिए। त्यस्को ५ मिनेटमा स्पेनका ईस्कोले गोल गर्दै खेल १-१को बराबरीमा पुर्‍याएका थिए। 

खेलमा ७५% बल आफ्नो पक्षमा राखेको भए पनि स्पेन दवाबमा रहेको थियो। खेलको ८१औं मिनेटमा युशुफ एन नेस्रीले गोल गर्दै मोरोक्कोकालागि २-१को अग्रता दिलाएका थिए। 

जवाफमा स्पेनका ईयागो असपाले ९१औं मिनेटमा गोल गर्दै खेल २-२को स्थितीमा पुर्‍याएका थिए। उक्त बराबरीले स्पेन समुह बिजेता हुँदै दोस्रो चरण प्रवेश गरेको हो। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ