arrow

सरकारमा गएको लामो समयपछि पछि बल्ल सम्झना भो उपेन्द्र यादवलाई संविधान संशोधनको 

logo
प्रकाशित २०७५ असार १२ मंगलबार
upendra-yadav-600x0.jpg.jpeg

खजुरा । उपप्रधानमन्त्री उपेन्द्र यादवले संविधान संशोधनबारे नेपाल कम्युनिष्ट पार्टीसँग भएको सहमतिको कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले भने, “नेकपासँग संविधान संशोधनको मुख्य एजेण्डा थियो, त्यो सहमति भयो अनि सरकारमा सहभागी भइयो, ओली र प्रचण्डजीले गरेको सहमतिको कार्यान्वयन अब तत्काल शुरु हुन्छ ।” संविधान एकैचोटी नभई विस्तारै संशोधन हुँदै जाने उनको भनाइ थियो । 

अवधी पत्रकार संघ नेपालद्वारा सोमबार साँझ नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा उनले मुलुकमा अब विकासको कार्यले गति लिने बताए । उनले आर्थिक क्रान्ति गरी समृद्ध नेपाल बनाउनेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन आगामी आवमा एक हजार २०० प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण गरी अत्याधुनिक उपकरणमार्फत सेवा प्रदान गर्ने विश्वास दिलाए । 

उनले बाँकेको विकट मानिएको राप्तीपारी क्षेत्रका जनताको स्वास्थ्य अवस्था नाजुक रहेकाले सो क्षेत्रमा दक्ष जनशक्तिको व्यवस्थापन गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गरिने बताए । भेरी अञ्चल अस्पताललाई स्तरोन्नति गरी यस क्षेत्रकै नमूना अस्पताल बनाइने उनको भनाइ थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ