arrow

राउण्ड अफ सिक्सटिनमा पुग्ने अष्ट्रेलिया आशा, रोक्न पेरु आतुर

logo
प्रकाशित २०७५ असार १२ मंगलबार
australia-peru.jpg

काठमाडौं । विश्वकप फुटबलमा मंगलबार समूह सी अन्तर्गत अष्ट्रेलिया र पेरुको बीचमा प्रतिस्पर्धा हुँदैछ । नेपाली समय अनुसार बेलुकी पौने ८ बजे खेल सुरु हुनेछ । राउण्ड अफ सिक्सटिनमा पुग्ने आशा जीवित राखेको अष्ट्रेलिया र अन्तिम खेलमा आफ्नो शाख बचाउने दाउमा रहेको पेरु दुवैका लागि यो खेल महत्वपूर्ण हुनेछ ।

डेनमार्कले अष्ट्रेलियासँग बराबरी र पेरुसँग जितको नतिजा हासिल गर्दै चार अंक बनाएको छ । यस्तोमा उसको गोल अन्तर एक रहेको छ । जबकी अष्ट्रेलियाको गोल अन्तर माइनस १ छ भने उसँग एक अंक मात्र रहेको छ । मंगलबारको खेलमा अष्ट्रेलियाको लागि माथिल्लो चरणमा पुग्नका लागि पेरुसँगको जित अनिवार्य हुन्छ भने डेनमार्कले फ्रान्ससँग हार्नु पनि अनिवार्य हुन्छ । 

यस्तोमा उनीहरुबीचको गोल अन्तर कम्तीमा बराबरीमा आउने हुन्छ । जसको अष्ट्रेलियाको लागि माथिल्लो चरणमा पुग्ने मौका सिर्जना गर्नसक्छ । 

त्यसैले अष्ट्रेलिया मंगलबारको खेलमा पेरुसँग फराकिलो अन्तरको जित हासिल गर्दै आफ्नो पक्षबाट माथिल्लो चरणमा पुग्ने आधार बलियो पार्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ । 

डेनमार्कसँग राम्रो प्रदर्शन गरेको अष्ट्रेलियाले फ्रान्ससँग पनि २–१ गोल अन्तरले हारको सामना गरेको थियो । पेरुले भने फ्रान्स र डेनमार्क दुवैसँग हारको सामना गरेको थियो । 

यस्तोमा आफ्नो शाख बचाउँदै सम्मानजनक नतिजाको साथमा घर फर्किने ध्यानमा पेरु रहनेछ । पेरु अहिलेसम्म समुहमा अंकविहीन रहेको अवस्थामा केही अंक हासिल गरेर घर फर्किने लक्ष्यका साथमा पेरु हुनेछ तर पेरुले मंगलबारको खेलमा कुनै अंक हासिल गरेको खण्डमा यी दुवै टोलीका यो विश्वकपमा यो अन्तिम खेल हुनेछ । 

हेड टु हेड 
अष्ट्रेलिया र पेरु इतिहासमा पहिलो पटक आमनेसामने हुन गइरहेका टोली हुन् । उनीहरुको अहिलेसम्म कुनै प्रतिस्पर्धा भएको छैन । 

प्लेयर्स टु वाच 
माइल जेडिनाक (अष्ट्रेलिया) 

अष्ट्रेलियाका लागि मंगलबारको खेलमा जेडिनाकको भूमिका निकै महत्वपूर्ण हुनेछ । उनले फ्रान्सविरुद्धको खेलमा आफ्नो भूमिका महत्वपूर्ण हुने साबित गरिसकेका छन् । शारीरिक हिसाबमा पनि हृष्टपुष्ट देखिने यी खेलाडीले निकै राम्रो फ्रि किका हान्न सक्छन् ।

पाओलो ग्युरेरो (पेरु)
डेनमार्कविरुद्धको खेलमा पेरुका यी खेलाडी सुरुमा अनुपस्थित हुँदा धेरै मानिसहरु अचम्मित बनेका थिए । यद्यपि पछि ३४ वर्षीय यी खेलाडीलाई सो खेलमा प्रवेश गराइएको थियो । यसअघि लागू औषध प्रयोगको मुद्दामा प्रतिबन्धको सामना गरेका यी खेलाडीले प्रतिबन्धपछि राम्रो प्रदर्शन गर्दै आइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ