arrow

क्रोएसिया हराउने दाउमा आइसल्याण्ड, सिगर्डसनको प्रदर्शनमा अर्जेन्टिनाको भाग्य

logo
प्रकाशित २०७५ असार १२ मंगलबार
iceland-coratia.png

काठमाडौं । समुह 'डी' अन्तर्गत मंगलबार क्रोएसिया र आइसल्याण्डको बीचमा प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार राति पौने १२ बजे उनीहरुको बीचमा यो प्रतिस्पर्धा हुन गइरहेको हो । समुहको शीषस्थानमा रहेको क्रोएसिया माथिल्लो चरणमा पुगिसकेको छ । आइसल्याण्डको लागि भने माथिल्लो चरणमा पुग्न क्रोएसियाविरुद्ध फराकिलो अन्तरको जित हासिल गर्नुपर्ने हुन्छ । क्रोएसियासँगको जितपछि उनले उसको फैसला अन्य दुई टोलीको नतिजामा निर्भर रहनेछ ।

क्रोएसियाले यो विश्वकपमा बलियो प्रदर्शन गरेको छ । समुहका सुरुवाती दुई खेलमा उसले अर्जेन्टिना र नाइजेरियालाई हराउँदै माथिल्लो चरणको ढोका खोलिसकेको छ । समुहमा यो टोली पहिलो हुँदै माथिल्लो चरणमा पुग्ने करिब निश्चितजस्तै भइसकेको छ । यस्तोमा यो टोलीलाई हराउनु आइसल्याण्डको लागि एक चुनौती हुनेछ ।
 
आइसल्याण्डलाई भने माथिल्लो चरणमा पुग्नका लागि क्रोएसिया हराउनुको विकल्प हुँदैन । उसका लागि क्रोएसिया हराएर अर्को खेलमा नाइजेरियालाई अर्जेन्टिनाले झिनो गोल अन्तरले पराजित गरेको खण्डमा माथिल्लो चरणमा पुग्नका लागि मौका बन्नेछ । सुरुवाती दुई खेलको प्रदर्शन हेर्ने हो भने क्रोएसिया हराउनु आइसल्याण्डलाई निकै कठिन हुनसक्ने देखिन्छ । डिफेन्डिङ रनर अप अर्जेन्टिनाको भाग्य पनि यो खेलले निर्धारण गर्ने भएकोले धेरैको आँखा यो खेलमा हुनेछ ।

हेड टु हेड
अहिलेसम्म क्रोएसिया र आइसल्याण्डको बीचमा सातपटक भेट भएको छ । जसमा चारपटक क्रोएसियाले जित हासिल गरेको छ भने एकपटक आइसल्याण्ड जितेको छ । दुई खेलहरु बराबरीमा सकिएका छन् ।

प्लेयर्स टु वाच
गिल्फी सिगर्डसन (आइसल्याण्ड)

आइसल्याण्डको लागि सिर्डसन एक स्टार खेलाडी हुन् । एभर्टनबाट व्यावसायिक फुटबल खेल्ने यी खेलाडीको भूमिका मंगलबारको खेलमा निकै महत्वपूर्ण बन्नसक्छ । उनको कौशल तथा क्षमता आइसल्याण्डको लागि महत्वपूर्ण बन्नसक्छ ।

इभान पेरिसिक (क्रोएसिया)
अर्जेन्टिनासँगको खेलमा ३–० को जित निकाल्ने क्रममा यी खेलाडीको भूमिका महत्वपूर्ण रहेको थियो । इन्टर मिलानबाट व्यावसायिक फुटबल खेल्ने यी खेलाडीले मंगलबारको खेलमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ