arrow

विश्वकपमा भीएआरको कमाल, कीर्तिमानी पेनाल्टीमा चुके रोनाल्डो

logo
प्रकाशित २०७५ असार १२ मंगलबार
portugal-newtop-superJumbo.jpg

काठमाडौं । रुस विश्वकपमा पेनाल्टीको नयाँ कीर्तिमान बसेको छ । सोमबार भएको समुह 'बी' अन्तर्गतको पोर्चुगल र इरानको खेलमा क्रिस्टियानो रोनाल्डोमाथि गरिएको फाउलमा प्रदान गरिएको पेनाल्टीसँगै विश्वकपमा सबैभन्दा बढी पेनाल्टीको कीर्तिमान बसेको हो । यद्यपि सो पेनाल्टी इरानका गोल रक्षकले बचाएका थिए ।

रोनाल्डोमाथिको फाउलपछि रेफ्रीले यो विश्वकपको १९ औं पेनाल्टी दिएका थिए । विश्वकपको २१ औं संस्करणमा आइपुग्दा एकै विश्वकप प्रतियोगितामा यति धेरै पेनाल्टी दिइएको पहिलोपटक हो । सन् १९९०, १९९८ र २००२ मा अहिलेसम्मकै सबैभन्दा बढी १८ पेनाल्टी दिइएको थियो ।

चार वर्षअघि भएको ब्राजिल विश्वकपमा केवल १३ पेनाल्टी दिइएको थियो । सोमबार भएको साउदी अरेबिया र इजिप्टको खेलमा पनि दुई पेनाल्टि दिइएको थियो । सोमबारको खेल सकिँदासम्म यो विश्वकपमा २० पेनाल्टि दिइसकिएको छ ।  यो विश्वकपमा भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर)को प्रयोग गरिएको कारण पनि पेनाल्टिसंख्या धेरै हुन पुगेको हो ।

के हो भीएआर ?
भिडियो एसिस्टेन्ट रेफ्रि (भीएआर) फुटबलमा प्रविधिको प्रयोग गरी महत्वपूर्ण निर्णय लिने प्रणाली हो । यो प्रणाली रुस विश्वकपमा पहिलो पटक प्रयोग गरिएको हो । यसअघि क्रिकेट तथा अन्य खेलहरुमा क्यामेराको प्रयोग गरी अन्तिम निर्णय लिइने व्यवस्था रहेको भए पनि फुटबलमा भने यो पहिलो प्रयास हो । यो प्रणालीको विषयमा अझै पनि केही विवादहरु रहेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ