arrow

विश्वकप फुटबल: फ्रान्स र डेनमार्क 'राउण्ड अफ सिक्सटिन'मा

logo
प्रकाशित २०७५ असार १२ मंगलबार
France_Denmark.jpg

काठमाडौं। रसियामा जारि विश्वकप फुटबल प्रतियोगिताको दोस्रो चरणमा समुह 'सी'बाट फ्रान्स र डेनमार्क पुगेका छन्।

समुहको अन्तिम खेलमा फ्रान्स र डेनमार्कले गोल रहित बराबरी गरेका थिए। अर्को खेलमा पेरुले अष्ट्रेलियालाई २-०ले पराजित गरेको छ। 

पेरुले खेलको १८औं मिनेटमा आन्द्रे कारिल्लोले गोल गर्दै १-०को अग्रता दिलाएका थिए। त्यसैगरि पाओलो गुएरेरोले ५०औं मिनेटमा गोल गर्दै २-०को स्थितीमा पुर्‍याएका थिए।

फ्रान्सले ३ खेलमा २ जित र १ बराबरी गर्दै ७ अंकका साथ पहिलो स्थान प्राप्त गरेको छ भने डेनमार्कले ३ खेलमा १ जित र २ बराबरी गर्दै ५ अंक प्राप्त गरेको छ। पेरुले तीन खेलमा १ जितका साथ ३ अंक प्राप्त गर्दै तेस्रो भएको छ भने अष्ट्रेलियाले १ बराबरी र २ खेलमा पराजय ब्योहोरेको छ। 

समुहमा दोस्रो भएको फ्रान्स र डेनमार्कले समुह 'डी'को बिजेता र उप बिजेतासँग खेल्ने छन्। समुह 'डी'मा क्रोएसिया, नाईजेरिया, आईसल्याण्ड र अर्जेन्टिना रहेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ