arrow

मेस्सीको गोलले अर्जेन्टिना दोस्रो चरणमा, क्रोएसिया पहिलो

logo
प्रकाशित २०७५ असार १३ बुधबार
Argentina_Nigeria.jpg

काठमाडौं। रसियामा जारि विश्वकप फुटबलको समूह 'डि'को खेलमा अर्जेन्टिनाले नाईजेरियालाई पराजित गरेको छ भने क्रोएसियाले आईसल्याण्डलाई पराजित गरेको छ। क्रोएसिया र अर्जेन्टिना 'राउण्ड अफ सिक्सटिन'मा प्रवेश गरेका छन्। 

अर्जेन्टिनाले नाईजेरियालाई २-१ गोलले पराजित गरेको हो भने क्रोएसियाले पनि आईसल्याण्ड बिरुद्ध २-१ कै जित निकालेको हो। क्रोएसिया तीन खेलबाट ९ अंक सहित पहिलो भएको छ भने अर्जेन्टिना तीन खेलमा ४ अंक प्राप्त गर्दै दोस्रो भएको हो। 

अर्जेन्टिनाकालागि यो खेल अतिनै महत्वपुर्ण रहेको थियो। दोस्रो चरणमा प्रवेश गर्नु एउटा कुरा थियो भने टोलीमा आत्मविश्वास भर्नकालागि पनि यो जित आवश्यक रहेको थियो। प्रतियोगिताको पहिलो २ खेलमा निराशाजनक प्रदर्शन गरेको अर्जेन्टिनाको कडा आलोचना भएको थियो। 

अर्जेन्टिना-नाईजेरिया
अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले १४औं मिनेटमा गोल गर्दै १-०को अग्रता दिलाएका थिए। पहिलो हाफमा अर्जेन्टिनाले दर्शनीय खेल प्रदर्शन गरेको थियो। 

खेलको ५१औं मिनेटमा नाईजेरियाकालागि भिक्टर मोसेसले पेनाल्टी मार्फत गोल गर्दै खेल १-१ को बराबरीमा पुर्‍याएका थिए। ८६औं मिनेटमा मार्कोस रोहोले गोल गर्दै अर्जेन्टिनालाई २-१को जित दिलाएका हुन्। 

नाईजेरियालाइ दोस्रो चरणमा पुग्नकालागि १ अंकको आवश्यक्ता रहेको थियो। ८५ मिनेटसम्म नाईजेरियाको दोस्रो चरणको संभावना देखिरहेको अवस्थामा अर्जेन्टिनाले गोल गर्दै आफ्नो बाटो प्रष्ट पारेको हो। 

क्रोएसिया-आईसल्याण्ड

आइसल्याण्डकालागि महत्वपुर्ण खेलमा क्रोएसियाले आफ्नो फर्मलाई निरन्तरता दिंदै बिजय हात पारेको हो। खेलको ५३औं मिनेटमा मिलन बदेजीले गोल गर्दै क्रोएसियालाई १-०को अग्रता दिलाएका थिए। 

आइसल्याण्डकालागि जिल्फी सिगर्सनले ७६औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै १-१ को स्थितीमा पुर्‍याएका थिए। खेलको ९०औं मिनेटमा ईभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई २-१को जित दिलाएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ