arrow

तीन गोलमा समूह बिजेता फ्रान्स ! के गर्ला अगाडि 

logo
प्रकाशित २०७५ असार १३ बुधबार
france_ko_bijog.jpg

काठमाडौं । विश्वकप फुटबलमा समूह सी को विजेता बनेको फ्रान्स त्यस्तो एकल टिम हो जसले समूह चरणमा मात्र ३ गोल ग-यो । तर समूह विजेता बन्यो । 

फ्रान्सले दुई खेल जित्यो । एक खेलमा बराबरी गर्यो । तर मात्र तीन गोल गर्यो र ७ अंकसहित समूहको शीर्ष स्थानमा रहेर राउन्ड अफ सिक्सटिनमा पुग्यो । 

फ्रान्सले अष्ट्रेलियालाई पहिलो खेलमा २–१ ले हरायो । एन्टोइने ग्रेजम्यानले पेनाल्टीबाट एक गोल गरे । अर्को गोल आत्मघातीका रुपमा अष्ट्रेलियाबाट पाएको थियो । 

अर्थात् आफ्ना खेलाडीबाट एक मात्र गोल । अर्को खेलमा पेरुमाथि १–० को जित । काइलियान एम्बाप्पेले गोल गरे । तर टिमको बल नियन्त्रण केवल ४४ प्रतिशत मात्र । 

डेनमार्क विरुद्ध फ्रान्स गोलरहित बराबरीको खेलमा रोकियो । बल ६१ प्रतिशत नियन्त्रणमा लिए पनि उसले गोल गर्न सकेन । निरश खेल्यो । 

गोलका लागि केवल ४ प्रहार मात्र गर्यो । निरश खेलमा डेनमार्कले एक बलमात्र गोलका लागि प्रहार गर्यो । 

पूर्व विजेता फ्रान्सलाई अहिले विश्वकपको उपाधि दावेदार मानिन्छ । तर केवल आफ्ना खेलाडीले दुई गोल मात्र गरे । 

सम्भवतः सजिलो समूहमा रहेकैले फ्रान्सलाई सहज भयो । तर के यही टिमले अगाडि उत्कृष्ट प्रदर्शन गर्ला ? 

France and Denmark played out a listless goalless draw as both sides eased into the last 16 of the World Cup on Tuesday 

Andreas Cornelius shrugs off the ever-reliable Chelsea midfielder N'Golo Kante during the drab World Cup Group C affair

 

Former Cardiff man Cornelius attempts to use his strength to see off Kante at the Luzhniki Stadium in MoscowReal Madrid's Raphael Varane towers above Denmark defender Jens Sryger Larsen during the second period

Antoine Griezmann had a very limited impact as France and Denmark played out the first goalless draw of the tournament



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ