- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पेरुलाई विश्वकप फुटबलको फाइनल चरणमा पहिलो जित हासिल गर्न ४० वर्ष लाग्यो । पेरुले मंगलबार राति अष्ट्रेलियामाथि २–० को जित हासिल गर्यो ।
यो जित हासिल गर्न पेरुले ४० वर्ष लगायो । उक्त जितका लागि आन्द्रे कारिल्लो र कप्तान पाओलो गुएरेरोले १–१ गोल गरे ।
गुएरेरो त्यस्ता खेलाडी हुन् जो लागु औषध काण्डमा सात महिना जेलमा बसेर रुस विश्वकपमा आएका थिए ।
कोकाइन काण्डमा उनी १४ महिना फुटबल जीवनबाट प्रतिवन्धमा परेका थिए । उनी कानुनी लडाइ लडे । जिते । त्यस्तो खेलाडी जसले कप्तानी नै सम्हालेर रुससम्म आयो र टिमलाई ४० वर्षमा पहिलो जित दिलायो । यो अविश्मरणीय रहने छ ।
पेरुले डेनमार्कसंग १–० को र फ्रान्ससंग पनि १–० कै हार बेहोरेको थियो । अन्तिम खेलमा २–० को जित । तीन खेलमा जम्मा चार गोल ।