arrow

‘इमोसन’ मा आएपछि म्याराडोनाको यस्तो हालत भयो

logo
प्रकाशित २०७५ असार १३ बुधबार
maradona1.jpg

काठमाडौं। राष्ट्रको जितमा एउटा खेलाडी कहाँसम्म पुग्दोरहेछ भन्ने बुझ्नका लागि डिएगो म्याराडोनाको मंगलबार राति भएको घटना बुझ्दा काफी हुन्छ । म्याराडोनाले सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप दिलाएपछि टिमले अर्को कप उचाल्न पाएको छैन। 

मंगलबार राति अर्जेन्टिना ‘डु अर डाइ’ को अवस्थामा थियो। नाइजेरियाविरुद्ध जित नै उसका लागि निर्विकल्प थियो। यस्तोमा जब लियोनल मेस्सीले गोल गरे तब म्याराडोना खुशीले झुमे। तर जब नाइजेरियाले पेनाल्टी पायो तब म्याराडोना ‘स्याड’ भए। उनी निराश हुँदै थिए। खेलको अन्त्यतिर (८६ औं मिनेटमा) जब मार्कस रोजोले गोल गरे तब म्याराडोनाको खुशीले होसहवास उड्यो। 

रोजोले गोल गरेपछि म्याराडोना जुरुक्क उठेर नजिकै भएका सहयोगीलाई अंगालो मारे। त्यसपछि खुशीयाली मनाउँदा उनी कुर्सीमा ठोक्किएको बताईको छ। बढी खुशीमा उन्मत्त हुँदा ५७ वर्षीय म्याराडोना लडेका हुन्। उनी कुर्सीमा ठोक्किनुपूर्व पनि उनका सहयोगीले उनलाई कुर्सीबाट उठाएका थिए । उनलाई चक्कर आएजस्तो महसुस भएको देख्न सकिन्थ्यो। 

उनको यो अवस्था न्यून रक्तचापका कारण भएको बताइएको छ । उपचारपछि उनी सामान्य अवस्थामा रहेको जनाइएको छ। उनले खेलका क्रममा कहिले दर्शकलाई चियरअप गर्थे त कहिले खुशीमा ‘माझी औंला’ नै देखाउने गर्दथे । जेहोस् विश्वकप विजेता सदस्य लिजेन्ड म्याराडोनाले जे गरे पनि विश्वजगत भने खुशी नै हुने गर्दछ। म्याराडोनाले समय समयमा भगवानलाई धन्यबाद पनि दिँदै थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ