arrow

विश्वकपमा ब्राजिल, स्वीट्जरल्याण्ड र सर्बियामध्ये कुन दुई ?

logo
प्रकाशित २०७५ असार १३ बुधबार
group-e.jpg

काठमाडौं । विश्वकप फुटबलको समूह चरणका अन्तिम खेलहरु हुँदै गर्दा समूह ‘ई’ बाट अहिलेसम्म एउटा टिमको पनि टुंगो लागेको छैन । अंकविहिन कोस्टारिका बाहिरिइसकेको अवस्थामा ४ अंकका ब्राजिल र स्वीट्जरल्याण्ड तथा ३ अंकको सर्बियामध्ये दुई टिम राउन्ड अफ सिक्सटिनमा पुग्नेछन् । 

त्यसका लागि बुधबार राति ११ः४५ बजे ब्राजिल र सर्बिया तथा स्वीट्जरल्याण्ड र कोस्टारिका खेल्दैछन् । 

यी खेल र गणितीय समिकरण हेर्दा स्वीट्जरल्याण्डको अर्को चरण प्रवेश सहज बन्दै गएको छ । कोस्टारिका तुलनात्मक रुपले कमजोर छ । 

ब्राजिल र सर्बियामध्ये एक टिम अर्को चरणमा पुग्नेछ । तर कोस्टारिकाले फराकिलो जित हात पार्दा यदि सर्बिया र ब्राजिलले बराबरी खेले भने अबसर दुई टिमको हुनेछ । 

यी विभिन्न समिकरणले गर्दा बुधबार रातिका यी दुई भिडन्त रोमाञ्चक बन्नेछन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ