arrow

राउन्ड अफ सिक्सटिनमा जर्मनी कि स्वीडेन !

logo
प्रकाशित २०७५ असार १३ बुधबार
group_f.jpg

काठमाडौं । रुस विश्वप फुटबलको समूह एफ्बाट मेक्सिको लगातार दुई जित सहित राउन्ड अफ सिक्सटिनमा पुगिसकेको अवस्थामा जर्मनी र स्वीडेनमध्ये एक टिम पनि पुग्नेछ । 

पुछारको दक्षिण कोरिया अंकविहिन छ र उसको गोल अन्तर माइनस २ भएकाले पनि उ फर्ममा फर्किने सम्भावना कम छ । 

बुधबार बेलुकी ७ः४५ बजे मेक्सिको र स्वीडेन तथा जर्मनी र दक्षिण कोरिया भिड्दै छन् । 

जर्मनी र स्वीडेनको गोल अन्तर पनि बराबर रहेकाले राउन्ड अफ सिक्सटिनमा पुग्ने टिमको अनुमान गर्न कठिन छ । तर खेल रोमाञ्चक हुनेछ । 

डिफेन्डिङ च्याम्पियन जर्मनीले जितका लागि एसियाको कमजोर टिम विरुद्ध खुवै जोड लगाउने छ । 

तर दुई मध्ये एक टिम निश्चित रुपले विश्वकपको राउन्ड अफ सिक्सटिनमा पुग्ने भएकाले पनि भिडन्त भने रोमाञ्चक नै हुनेछ । 

तर दक्षिण कोरियाको सम्भावना नै नभएको भने होइन । मेक्सिकोले स्वीडेनलाई केही गोल अन्तरले हराउँदा दक्षिण कोरियाले पनि जर्मनीमाथि कम्तीमा ३ गोलको अन्तरले हरायो भने दक्षिण कोरियाले कीर्तिमान तोड्ने छ । तर त्यो चामत्कारिक सम्भावना कम छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ