arrow

मेक्सिको भर्सेस स्वीडेन, यसो भन्छ ‘हेड टु हेड’

logo
प्रकाशित २०७५ असार १३ बुधबार
mexico-sweden.jpg

काठमाडौं । बुधबार विश्वकपको समुह एफ अन्तर्गत मेक्सिको र स्वीडेनको बीचमा प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार उनीहरुको बीचमा पौने ८ बजेबाट प्रतिस्पर्धा हुनेछ । यो समुहबाट मेक्सिको दुई खेलमा जितको नतिजाको साथमा बलियो अवस्थामा रहेकोमा जर्मनी र स्वीडेनको पनि माथिल्लो चरणमा प्रवेशको सम्भावना भने जीवित रहेको छ ।

मेक्सिको र स्वीडेनको बीचमा बुधबारको खेलमा दुवै टोलीका लागि जित हासिल गर्नु जरुरी हुन्छ । जर्मनीलाई पहिलो खेलमा पराजित गरेको मेक्सिकोसँग ६ अंक रहेको छ भने स्वीडेनसँग ३ अंक छ । 

यस्तोमा स्वीडेनले मेक्सिकोलाई २ गोल अन्तरले हराएको खण्डमा यो टोली मेक्सिकोभन्दा समुहमा माथि रहनपुग्छ । जसले मेक्सिकोलाई समस्यमा पार्नसक्छ । यो समीकरण मिलेको खण्डमा जर्मनी र दक्षिण कोरियाको खेलमा मेक्सिकोको भाग्य निर्भर रहनेछ । 

बुधबारको खेल बराबरीमा सकिएको खण्डमा वा मेक्सिकोले जितेको खण्डमा भने स्वीडेनको लागि यो विश्वकपको यात्रा समाप्त हुनेछ । यो प्रतियोगिताको सुरुवाती दुई खेलको कुरा गर्ने हो भने मेक्सिकोले राम्रो प्रदर्शन गरेको छ । उसले दक्षिण कोरिया र डिफेन्डिङ च्याम्पियन जर्मनीलाई पराजित गरेको थियो । 

स्वीडेनले पनि दक्षिण कोरियालाई पराजित गरेको थियो तर जर्मनीसँग भने हारको सामना गरेको थियो । जसको कारण बुधबारको खेलमा स्वीडेनले जित हासिल गर्न सकेको खण्डमा मात्र उसलाई माथिल्लो चरणमा पुग्ने सम्भावना कायम हुन्छ । 

मेक्सिको भने बुधबारको खेलमा कम्तीमा बराबरीको नतिजा हासिल गर्ने उद्देश्यका साथमा मैदानमा उत्रिनेछ । 

हेड टु हेड
यी दुई टोलीहरुको बीचमा अहिलेसम्मक ९ पटक प्रतिस्पर्धा भएको छ । जसमा चारपटक स्वीडेनले जित हासिल गरेको छ भने दुई पटक मेक्सिकोले जितेको छ । बाँकी तीन खेलहरु बराबरीमा सकिएको छ । उनीहरुको बीचमा पछिल्लोपटक २००९ मा एक मैत्रीपूर्ण खेलमा भेट भएको थियो, जसमा स्वीडेन १–० गोलले विजयी भएको थियो ।

प्लेयर्स टु वाच 
कार्लोस भेला (मेक्सिको)

दक्षिण कोरियाविरुद्धको खेलमा मेक्सिकोका यी खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए । बुधबारको खेलमा पनि यी खेलाडी विपक्षी टोलीका लागि टाउको दुखाइ बन्न सक्छन् । 

एमिल फोर्सबर्ग (स्वीडेन)
स्वीडेनका यी खेलाडी केही सुस्त गतिका छन् तर निकै विश्वासिला छन् । यिनको खुट्टामा परेको बल खेर जाने सम्भावना कमै मात्र हुन्छ । सन् २०१६-१७ को सिजनमा उनले निकै राम्रो प्रदर्शन गरेका थिए । यी खेलाडीले फ्रिकिक पनि निकै राम्रो प्रहार गर्न सक्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ