धनकुटा । नेपाली कांग्रेसलाई सशक्त र सक्रिय बनाउनका लागी २४ वटा विभिन्न विभागहरु गठन गरी जिम्मेवारी दिएको बुधबार नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।
कांग्रेसलाई सक्रिय र सशक्त बनाउर्दै पार्टी संचालन तथा विभिन्न गतिविधिहरु संचालन गर्नका लागी गठन गरिएको विभागहरु अन्तर्गत अनुशासन तथा यूवा विद्यार्थी विभाग प्रमुख उपसभापति नबिन किशोर शाक्य, प्रचार प्रसार तथा संगठन विभाग प्रमुख सचिव विजय सन्तोषी राई, प्रहरी तथा प्रशासन र आर्थिक विभाग प्रमुखमा कोषाध्यक्ष दिनेश राईलाई लगायत १८ जनालाई २४ वटा विभागको जिम्मेवारी दिई नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेलले गठन गरेका हुन् ।
त्यस्तै कार्यसम्पादन सदस्यहरु निर्मल ओझालाई शिक्षा तथा पर्यटन बिभाग प्रमुख,लेखनाथ पौडेललाई कृषि,सिता प्रधान विद्युत,अम्विका परियार सास्कृतिक विभाग प्रमुख रहेका छन् ।
यसैगरी जिल्ला सदस्यहरु लोकेन्द्र रायमाझी जिविस समन्य समिति विभाग, रविन्द्र नेपाली दलित,ज्ञानु गुरुङ्ग गैसस विभाग,खेमराज पौडेल स्वास्थ्य तथा श्रम विभाग,इन्दिरा पौडेल महिला बिभाग प्रमुख,विष्णु पौडेल सहकारी तथा यातायत विभाग प्रमुख,महोन वान्तवा आदिवासी जनजाती तथा खानेपानी विभाग प्रमुख,दवेन्द्र श्रेष्ठ बन विभाग प्रमुख,गोर्ख वहादुर पिठाकोठे मगर भू पु सैनिक विभाग प्रमुख ,रोषेश श्रेष्ठ उद्योग बाणिज्य बिभाग प्रमुख,हर्कमान चेम्जोङ्ग खेलकुद विभाग प्रमुखको जिम्मेवारी दिई गठन गरिएको नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।