arrow

नेयमारको व्राजिल हराउँदै दोस्रो चरणमा पुग्ने सर्वियाको लक्ष्य

logo
प्रकाशित २०७५ असार १३ बुधबार
brazil-sarbia.png

काठमाडौं । बुधबार समुह 'ई' अन्तर्गत ब्राजिल र सर्वियाको बीचमा प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार राति पौने १२ बजे उनीहरुको बीचमा प्रतिस्पर्धा हुन गइरहेको हो । समुहमा ब्राजिल ४ अंकाका साथ बलियो अवस्थामा रहेको भए पनि माथिल्लो चरणमा पुग्ने निश्चित भने भइसकेको छैन तर सर्वियाको लागि माथिल्लो चरणमा पुग्नका लागि जित अनिवार्यजस्तै रहेको छ । बराबरीको नतिजामा माथिल्लो चरणमा पुग्नका लागि स्विट्जरल्याण्डले हार्नु पनि जरुरी हुन्छ ।

ब्राजिलको लागि पनि बुधबारको खेलमा अंक हासिल गर्नु जरुरी हुन्छ । पहिलो खेलमा बराबरी खेलेसँगै ब्राजिल नयाँ योजनाका साथ अघि बढिरहेको छ । यस्तोमा सर्वियाको लागि ब्राजिलसँगको खेलमा अंक हासिल गर्नु फलामको चिउरा चपाउनु सरह हुनेछ । पहिलो खेलमा स्विट्जरल्याण्डसँगको खेलमा बराबरीको नतिजा हासिल गरेको ब्राजिलले दोस्रो खेलमा कोस्टारिकालाई पराजित गरेको थियो । सर्वियाले भने आफ्नो पहिलो खेलमा कोस्टारिकालाई पराजित गरेको भए पनि दोस्रो खेलमा स्विट्जरल्याण्डसँग हारको सामना गरेको थियो ।

पछिल्लो समय प्रदर्शनको कुरालाई लिएर ब्राजिलको आलोचना भइरहेको अवस्थामा सर्वियासँगको खेलमा राम्रो प्रदर्शन गर्दै माथिल्लो चरणमा आफ्नो दबाब केही कम गर्ने ध्याउन्नमा ब्राजिल देखिन्छ ।

हेड टु हेड
अहिलेसम्म सर्विया र ब्राजिलको बीचमा केवल एकपटक भेट भएको छ । सन् २०१४ मा भएको मैत्रीपूर्ण खेलमा ब्राजिल १–० ले विजयी भएको थियो ।

प्लेयर्स टु वाच
एलेक्सेन्डर मिट्रोभिक (सर्विया)
बुधबारको खेलमा ब्राजिलको रक्षा पंक्तिलाई समस्यामा राख्नसक्ने खेलाडी हुन् मिट्रोभिक । पछिल्लो २६ खेलमा उनले १८ गोल गरिसकेका छन् । साथै उनले गोलको महत्वपूर्ण अवसरहरु पनि सिर्जना गर्ने गरेका छन् ।

फिलिप काउटिन्हो (ब्राजिल)
ब्राजिलको टोलीमा नेयमार केही संघर्ष गरिरहेको अवस्थामा काउटिन्होको भूमिका महत्वपूर्ण हुनसक्ने देखिन्छ । उनले स्विट्जरल्याण्डसँगको खेलमा गरेको प्रदर्शन बुधबारको खेलमा पनि दोहोरिने अपेक्षा गर्न सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ