arrow

सवारी साधनको सिण्डीकेट हटेपनि यात्रुको दु:ख उस्तै

logo
प्रकाशित २०७५ असार १३ बुधबार
sidicate.jpg

काठमाडौं । काठमाडौंको मुलपानी बस्ने अर्जुन तामाङ सार्वजनिक सवारी चढेर आरआर कलेज ओहोर दोहोर गर्छन् । त्यस्तै थानकोट वस्ने समिक्षा खत्री सार्वजनिक यातायात चढेरै पुरानो बसपार्क हुँदै अनामनगर आफ्नो कार्यालय ओहोर दोहोर गर्छिन् । तर, उनीहरु दुइटैको एउटै पिडा छ, गाडीमा कहिल्यै पनि सुखसँग बसेर आउन-जान पाइदैन । ‘जहिल्यै उभिएरै आउँछु’ समिक्षा सुनाउँछिन्, ‘आउने जाने समय कार्यालयी समय भएकोले नै हो गाडी जहिल्यै भरिएको हुन्छ । गाडीमा आउँदा जाँदा कोचाकोच हुन्छ ।’
त्यस्तै आर आर कलेज जाने अर्जुन ‘विहान कलेज आउँदा कहिले कहिले त बस्न पाइन्छ’  घर फर्किँदा त जहिल्यै उभिएरै हो, ।’

सरकारले गत चैतमा यातायात व्यवस्थापन कार्यविधि २०६० संशोधन गर्दै यायात व्यवसायीहरुको सिण्डीकेट हटाएको छ । यातायात कार्यविधिमा यसअघि भएको व्यवस्थालाई संशोधन गर्दै सरकारले सवारी साधन व्यवसायीहरुको सिण्डीकेट अन्त्य गर्ने  उद्येश्यले एक जना व्यक्तिले समेत सवारी साधन दर्ता गर्न पाउने र त्यसका लागि विभागले सोझै उसलाई रुट परमटि दिने नयाँ व्यस्था कायम गर्‍यो ।

यसअघि रहेको यातायात व्यवस्थापन कार्यविधि निर्देशिका अनुसार कुनै सवारी धनीले सवारी साधन सञ्चालनका लागि रुट परमिट लिनु परेमा यातायात व्यवसायी समितिको सिफारिसमा रुट परमिट दिइन्थ्यो । ‘तर, यातायात व्यवसायी समितिले सवारी धनीलाई रुट परमिटका लागि सिफारिस दिन मान्दैन्थ्ये’ यातायात व्यवस्था विभागका प्रवक्ता तुल्सीराम अर्याल भन्छन् । ‘कि त नजिकको मान्छे भएमा रुट परमिटका लागि सिफारिस दिन्थ्ये, कि त व्यवसायीको रुट परमिट नै बेच्थ्ये, ।’ गत चैतमा कार्यविधि निर्देशकिा संशोधन गर्दै विभागले कुनै पनि सवारी धनीलाई सवारीको पन्जीकरणको आधारमा रुट परमिट दिइने व्यवस्था गर्‍यो ।

त्यो सबै के का लागि ?

विभागका प्रवक्ता अर्याल निर्देशिका संशोधन गर्नको अन्तिम र मुख्य विन्दु भनेकै यात्रुले सहज यात्रा गर्न पाउनु रहेको स्वीर्काछन् ।

‘अनि यात्रुले सहज यात्रा गर्न पाए त ?’ हाम्रो कुरा डटकमले राखेको जिज्ञासाको जवाफ दिँदै अर्यालले भने, ‘यो एउटा राम्रो प्रश्न उठाउनु भयो । काठमाडौं उपत्यकाका कुनै कुनै रुटमा उभिएर जानु पर्ने स्थिति होला । तर, काठमाडौं उपत्यका भित्र गाडीमार्फत गरिने यात्रा धेरै लामो दुरीको यात्रा होइन । यसलाई सामान्य रुपमा लिनु पर्दछ । विश्वका जनुसुकै शहरमा पनि यस किसिमको यात्रालाई सहज रुपमा लिइन्छ ।

शहरी क्षेत्रमा २५ किलो मिटरसम्मको यात्रामा यात्रुले उभिएर जान पाउने अन्तर्राष्ट्रिय मान्यता पनि छ । यो राता रात सुध्रिने कुरा पनि होइन । विस्तारै सुध्रिने कुरा हो । हामीले रुट परमिट खुला गरेपछि अहिले धुलीखेल लगायतका कतिपय ठाउँमा जाने गाडीमा सहज यात्रा भएको पनि छ । निर्देशिका संशोधन सँगै कतिपय प्रक्रियागत कुरा समेत हामीले संशोधन गरेका छौं । अहिलेको लागि २५ वर्ष देखि लादिएको सिण्डीकेट अन्त्य गर्नु र कुनै कुनै रुटमा यात्रा सहज हुनु पनि उपलब्धि मान्नु पर्छ । परमिट खुला गरेका छौं । विस्तारै सवारी साधनहरु थपिएपछि यस्ता समस्याहरु सहजै सामाधान हुन्छ् ।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ