arrow

प्रमुख दावेदार जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरियो

कोरियाले राख्यो मान 

logo
प्रकाशित २०७५ असार १३ बुधबार
germany4.jpg

काठमाडौं । विश्वकप फुटबलको डिफेन्डिङ च्याम्पियन जर्मनी समूह चरणबाटै बाहिरिएको छ । समूह एफको खेलमा सबैभन्दा पुछारमा रहँदै जर्मनी बाहिरिएको हो । 

अन्तिम तथा जित्नैपर्ने खेलमा दक्षिण कोरियासंग २–० को हार बेहोर्दै जर्मनी समूह चरणबाटै बाहिरिएको हो । 

इन्जुरी समयमा कोरियाले दुई गोल गर्यो । यंग ग्वोन किम र ह्युङ मिन सनले १–१ गोल गरे । खेलमा ६९ प्रतिशत बल नियन्त्रणमा लिए पनि जर्मनी कमजोर सावित भयो । 

यो समूहबाट स्वीडेन समूह विजेता तथा मेक्सिको समूह उपविजेता बन्दै राउन्ड अफ सिक्सटिनमा पुगेको छ । दुवैले ६–६ अंक बटुले । अन्तिम खेलमा स्वीडेनले मेक्सिकोलाई ३–० ले हरायो । 

कोरियाले पहिलो खेलमा स्वीडेनसंग १–० र मेक्सिकोसंग २–१ को हार बेहोरेको थियो भने जर्मनीलाई २–० ले हरायो । 

जर्मनीको यो ८० वर्षको अवधिमा सबैभन्दा खराव प्रदर्शन भएको छ । यसले जर्मन नागरिकमात्र होइन विश्वकै जर्मनीका फ्यानलाई पीडा दिएको छ । 

Here, Sportsmail takes you through the action from both games minute by minute

Timo Werner of Germany reacts after missing a glorious chance against South Korea

Massive chance for Germany - Mats Hummels mistimes a header and sends it wide

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ