arrow

२१ औं शताब्दीको खेल, यसपटक विश्वकप अर्को पटक समूह चरणबाटै ‘आउट’

logo
प्रकाशित २०७५ असार १३ बुधबार
germany_ko_dasha.jpg

काठमाडौं । विश्वकप फुटबलको २१ औं शताब्दीमा अचम्मको संयोग बनेको छ । यो शताब्दीमा विश्वकपका ‘साविक विजेता’ हरु अर्को पटक समूह चरणबाटै बाहिरिएका छन् । 

सन् १९९८ को विजेता फ्रान्स सन् २००२ को विश्वकपमा पहिलो चरणबाटै बाहिरयो । 

सन् २००६ को विजेता इटाली सन् २०१० को विश्वकपको समूह चरणबाटै बाहिरिएको थियो । 

त्यसैगरी सन् २०१० को विजेता स्पेन सन् २०१४ को विश्वकपको समूह चरणबाटै बाहिरिएको थियो । 

त्यस्तै सन् २०१४ को विजेता जर्मनी सन् २०१८ को विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । चार पटकको च्याम्पियन जर्मनी पहिलो चरणबाटै बाहिरिएको हो । यसअघि चार पटकको च्याम्पियन नै इटालीले त्यो दशा भोगेको थियो । इटाली यसपटक छनोट नै भएन । 

ब्राजिल भने यो मामलामा ‘लक्की’ सावित भयो । सन् २००२ को विजेता भए पनि उसले २००६ मा पहिलो चरणबाटै बाहिरिनु परेन ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ