जीप दुर्घटनामा वडा अध्यक्ष खम्म नेपाली सहित दुईको मृत्यु, १३ घाईते
रमित बिक।
प्रकाशित २०७५ असार १३ बुधबार
373
Shares
बाजुरा। बुधबार बेलुका भएको सवारी दुर्घटनामा स्थानिय वडा अध्यक्ष सहित दुई जनाको मृत्यु भएको छ। से १ ज ९९९ नम्बरको जीप दुर्घटनामा पर्दा त्रिबेणी नगरपालिका वडा नं १ का वडा अध्यक्ष खम्म नेपाली र सोही वडाकी लालसरा बुढाको घटनास्थलमै मृत्यु भएको हो। बुधवार बेलुका ८ बजेको समयमा जीप दुर्घटनामा परेको हो।
घटनामा ७ जना घम्भिर घाईते भएको घटनास्थलका प्रत्यक्षदर्शी नेपाली काँगस त्रिबेणी नगरकार्यसमितिका सचिव सुरेन्द्र गिरीले जानकारी दिए। घाईते तथा मृतकको उद्दार गर्न नेपाल प्रहरी र स्थानियबासी घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख नायव उपरिक्षक सागर बोहराले जानकारी दिए।
घाईते १३ जना मध्ये सवारी चालक चन्द्र भुनी सहित ७ जना घाईतेलाई बयालपाटा अस्पतालमा उपचारका लागि रिफर गरिएको प्रत्यक्षदर्शी गिरीले जानकारी दिए।
जीप सडकबाटट कम्तिमा ५ सय मिटर तल खसेको छ। जीपमा सिमेन्ट र १४ जना यात्रु थिए। अत्याधिक लोडका कारण कच्ची चिप्लो सडकबाट तल खसेको हुन सक्ने अनुमान गरिएको छ ।
त्रिबेणी नगरपालिकाका काम सकाएर टुनेगडाबाट साँझ छतारतर्फ जाने क्रममा वडा अध्यक्ष दुर्घटनामा परेका हुन्।